जखेरा ताल

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

दाङ । चुरे पहाडको फेदमा रहेको दाङको लमही नगरपालिका–५ मा पर्ने जखेरा ताल अहिले पर्यटकको मुख्य आकर्षक केन्द्र बन्न पुगेको छ । पूर्व तथा पश्चिम सिमानामा वन तथा जङ्गल, दक्षिणतर्फ चिटिक्क परेको मुसुण्डी गाउँ तथा उतरतर्फ चुरे पहाड र सो पहाडको फेदको बीचमा पर्ने जखेरा तालको मनमोहक दृश्यले यतिखेर सबैलाई नै लोभ्याउने गरेको छ । 

 

कोरोनाको समयमा सुनसान रहेको उक्त तालमा अहिले वर्षात्को समयमा पनि चहलपहल बढेको छ । विशेष गरेर बिदाको दिनमा ताल घुम्न आउनेको सङ्ख्या बढी हुने गरेको छ । अहिले उक्त ताल अवलोकन, घुमघाम  गर्ने र त्यस क्षेत्रमा वनभोज खानको लागि वर्षात्को समयमा पनि दैनिक एक सयदेखि दुई सयको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको ताल संरक्षण समितिका कर्मचारी ओमभगत चौधरीले जानकारी दिए ।

 

उनका अनुसार १२ बिघा जमिन त्यहाँ रहे पनि हाल साढे पाँच बिघा क्षेत्रफलमा ताल रहेको छ । अन्य स्थानमा भने वनजङ्गल रहेको छ । उक्त तालको गहिराइ छ फिट छ । तालको उत्तरतर्फ गणेशको तथा पूर्वमा सिदेश्वर महादेवको मन्दिर छ । यसले गर्दा यहाँ आउने पर्यटकले ढुङ्गा चढेर मन्दिर दर्शन गर्ने गरेकाले पनि  तालको थप आकर्षण बढेको छ । यसैगरी वनभोजस्थल, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको पनि अवलोकन गर्नेहरु पनि बढ्ने गरेका  छन् । 

 

तालमा ढुङ्गा चढ्न पर्यटक निकै उत्साहित हुन्छन् तर थोरै मात्र डुङ्गा भएकाले पालो कुर्नुपर्ने भएपछि पर्खने गरेको समितिका कर्मचारी चौधरीले बताए । एक पर्यटकलाई  पूरै तालमा ढुङ्गा चढेर जलविहार गरेमा रु एक सय तथा मन्दिर दर्शनका लागि रु ५० शुल्क निर्धारण गरिएको छ । जखेरा तालको अवलोकन गर्न पुगेकी कोहलपुर नगरपालिका–५ की कालिका रेग्मीले पहिलो पटक तालमा आउँदा निकै आनन्द आएको बताइन् । 

 

शिक्षण पेशामा सम्लग्न रहेकी उनले दाङमा बसेर पढ्ने आफ्नो छोरी भेट्न आएको बेला छोरीको रोजाइँमा आफू यहाँ घुम्न आएको जानकारी दिए । रेग्मीले भनिन्, “यति ठूलो र सुन्दर ताल होला भनेर आफूले नसोचेको र यसलाई अझै सफा र स्वच्छ राख्नका लागि स्थानीयवासी सबै लाग्नुपर्छ ।” उनले थपिन्, “ताल त धेरै लोभलाग्दो रहेछ तर यहाँका केही समस्या छन् । जस्तो कि तालको छेउमा जाली,    पर्यटकका लागि शौचालय तथा फोहरको उचित व्यवस्थापन हो ।” तालको संरक्षण र संवद्र्धन गर्न सके दाङको देउखुरी क्षेत्रको मुहार नै फेरिने रहेछ रेग्मीले भनिन्।

 

लमही नगरपालिका–३ का दीपु चौधरीले ढुङ्गा चढेर ताल अवलोकन गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । ताल रमणीयस्थलमा छ, आज भोलि विद्यालय बन्द भएकाले साथीसँग घुम्न आएको हुँ, उनले भने ।

 

एउनुभयो । उहाँले विगतका वर्षमा नागरिकको अथक श्रमदान र राज्यका निकायले गरेको सहयोगले नै अहिले ताल जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रुपमा परिचित हुन पुगेको हो भन्नुभयो । विगतका वर्षमा भने सो ताल जलकुम्भी झार र माटोले पुरेको थियो । जिल्ला भूसंरक्षण कार्यालय, कृषि विकास कार्यालय, ताल संरक्षण समिति तथा नागरिक सबैको सहयोगले ताल  यो अवस्थामा आउन सफल भएको हो उपाध्यक्ष केसीले भने । ताल अवलोकन गर्न आउनेका लागि खानेपानीको उचित व्यवस्था, फोहर व्यवस्थापन, सुरक्षा लागि तालको छेउछेउमा जाली, पर्यटकलाई तालमा घुम्न ढुङ्गाको पर्याप्त व्यवस्था, गेट निर्माण हुन नसक्नु समस्या भएको  उनको भनाइ थियो । 

 

त्यसै गरी तालसम्म पुग्ने करिब डेढ किमी सडक कालोपत्र नहुँदा पनि  समस्या हुने गरेको छ । तालको विकासका लागि लमही नगरपालिकाबाट केही आर्थिक सहयोग प्राप्त भएकामा त्यसबाट बगेँचालगायत भौतिक पूर्वाधार निर्माण गरिएको थियो ।

 

यस तालको आफनै एतिहासिक पृष्ठभूमि छ। स्थानीय थारु भाषमा जुन ठाउँमा आकाशे पानी सङ्कलन भएर जम्मा हुन्छ । त्यस ठाउँलाई जखेरा भनिन्छ । विस २०३०मा साविकको सोनपुर गाविस हालको लमही नगरपालिका नगरपालिका–३ निवासी स्व दीपु चौधरीको नेतृत्वमा सोनपुर, टिकुलीगढ, फल्कापुर, श्री गाउँका स्थानीय बुद्दिजिवी मिलेर त्यसैखेर गईराखेको आकाशे पानी तथा वन क्षेत्रबाट बगिरहेको पानी सङ्कलन गरी सिचाई गर्न   चुरे फहाडको फेदीमा  कृतिम रुपमा  खाडल खनि मानव निर्मित जल भण्डारणको रुपमा पोखारी बनाइएको थियो ।

 

सोही पोखरी अहिले जखेरा तालको नाममा परिचित  छ । दाङको लमही बजारबाट छ किलोमिटर पूर्वमा रहेको सुनडबरी गाउँ हुँदै उत्तरतर्फ करिब दुई किलोमिटर टाढा सो ताल पर्छ । पूर्वपश्चिम राजर्मागबाट नजिकै रहेकाले  हिउँदको समयमा भारत तथा तेस्रो मुलुकबाट ताल हेर्न पर्यटक आउने गरेका छन् । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नाइजेरियामा बाढीबाट ७५ जनाको मृत्यु

  • 2 hours ago
नाइजेरियामा बाढीबाट ७५ जनाको मृत्यु

एजेन्सी । नाइजेरियामा बाढीबाट कम्तीमा पनि ७५ जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरी योबा राज्यमा आएको बाढीबाट ७५ जनाको ज्यान गएको यहाँका अधिकारीले जनाएका छन् ।

अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ

  • 2 hours ago
अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ

वाशिङ्गटन डिसी । अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै निकै रमाइलो वातावरणमा वडादसैँ मनाएका छन् । अमेरिकाका कैयौँ राज्यमा छरिएर बसोबास गर्दै आएका नेपालील

Bring home the festive vibes this Diwali with Asda

  • 2 hours ago
Bring home the festive vibes this Diwali with Asda

London: The onset of autumn signifies the beginning of the magnificent festival of lights, Diwali. With this year’s celebrations falling on the 24th of October, Asda joins in the festivity of the triu



पर्यटन

दसैँमा किन घुम्ने कर्णाली ?

दसैँमा किन घुम्ने कर्णाली ?

कर्णाली । दसैँ तिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ । दसैँ यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ । अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । दसैँ बिदामा आउने कर्णालीवासी र प्रदेश बाहिरका पर्यटकको पखाइँमा छन्, यहाँका पर्यटकीयस्थल ।

जीवनशैली

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

विचित्र विश्व

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको ट्वीट ?

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको  ट्वीट ?

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले सोमबार ट्विटर प्रयोगकर्ताहरूलाई रुस र युक्रेन युद्ध अन्त्य गर्ने योजनाबारे उनीहरूको राय मागे। जसका कारण युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मात्र नभई युक्रेनका जनतालाई पनि मन परेन ।