मुलुक समृद्ध बनाउन कुनै समस्या छैन : झलनाथ खनाल

Global IME
Mega Bank
Norvic Hospital
फाइल फाेटाे

इलाम । पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब देशलाई समृद्ध बनाउन र विकास निर्माण गर्नमा जुट्न कुनै बाधा नभएको बताएका छन् । 

 

सूर्योदय नगरपालिकामा आज ‘२०७६/०७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण’ समारोहमा उनले भने, ‘मुलुकमा लामो समय राणा शासन, पञ्चायती व्यवस्था र सङ्क्रमणकालीन समय बिते पनि अब भने मुलुक समृद्ध बनाउन कुनै समस्या रहेको छैन ।’

 

पूर्वप्रधानमन्त्री खनालले अहिले मुलुक विकासकै चरणमा रहेको बताउँदै यो समयमा पनि विकासका काम नभएमा मुलुकपछि पर्ने धारणा व्यक्त गरे । उनले १० वर्ष लगाएर निर्माण गरेको संविधान विकासको जग भएको भन्दै अब मुलुकमा विकासको छल्याङ मार्ने बेला भएको बताए । 

 

‘हामीले लामो समय राणाकाल, पञ्चायती व्यवस्थाजस्ता निरङ्कुश शासन व्यवस्था झेल्यौँ’, उनले भने, ‘अब कुनै पनि निरङ्कुश व्यवस्था छैन । त्यसैले यो समयमा तीव्र विकास गर्नुपर्छ ।’

 

उनले संविधान निर्माणपछि मुलुकमा अधिनायकवाद समापन भएको, जनतालाई अधिकार सम्पन्न बनाएको र प्रगतिको मार्ग देखा परेको उल्लेख गर्दै सूर्योदय नगरपालिका विकास र प्रगतिमा नेपालकै उत्कृष्ट नगर भएकाले अन्य स्थानीय तहले पनि यसबाट पाठ सिक्नुपर्ने बताए । 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य धीरेन्द्र शर्मा (रमण)ले मुलुक समृद्धिको दिशामा अघि बढेको बताए । (रासस)


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर

  • 1 minute ago
नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर

सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गरेको छ ।

क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्

  • 44 minutes ago
क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्

नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले शुक्रबार नेपाल–नामीबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडील

माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने

  • 55 minutes ago
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने

काठमाडौँ। बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भ



पर्यटन

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।

जीवनशैली

साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।