कति छन् अमेरिकामा बेरोजगार ?

एजेन्सी । संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारको संख्यामा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ । 

 

बिहीबार सार्वजनिक विवरणमा बेरोजगार भत्ता लिन आवेदन गर्नेहरु अघिल्लो साताको तुलनामा ६ हजारले बढी भएको उल्लेख छ । जनवरी १८ को अन्त्यमा बेरोजगार भत्ताका लागि आवेदन गर्नेको संख्या दुई लाख ११ हजार पुगेको छ । 

 

यहीबीच, अमेरिकी श्रम बजारमा बेरोजगारको संख्या सरकारी अनुमान तीन लाखभन्दा मुनि रहेको छ । तथ्याँक विश्लेषणबाट संयुक्तराज्य अमेरिकाको श्रम बजार निकै नाजूक अवस्थामा रहेको देखिएको छ । 

 

तर अमेरिकी श्रम बजारमा गत डिसेम्बरमा अमेरिकी कम्पनीहरुले १ लाख ४५ हजार नयाँ रोजगार सिर्जना गरेका छन् । यद्यपि गत नोभेम्बरमा यस्तो रोजगारी सिर्जना करिब दुई लाख ५६ हजार हुने पूर्वानुमान गरिएको थियो । 

 

अमेरिकी श्रम विभागका अनुसार अमेरिकामा हाल बेरोजगार दर ३।५ प्रतिशत पुगेको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

  • 12 minutes ago
नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

  • 18 minutes ago
काठमाडौँ उपत्यकामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १ हजार ५३५ कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा थप २८५६ जनामा कोरोना संक्रमण

  • 21 minutes ago
नेपालमा थप २८५६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप २८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ५८ हजार ८९ जना पुगेको छ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।