जोर्डनी प्रधानमन्त्रीद्वारा राजिनामा

Norvic Hospital

जोर्डनका प्रधानमन्त्री हानी मुल्कीले सोमबार राजा अब्दुल्लाह द्वितीयलाई राजीनामा बुझाएको सरकारी अधिकारीहरूले बताएका छन् ।

 

प्रधानमन्त्री मुल्की नेतृत्वको सरकारका विरुद्धमा भइरहेको आन्दोलन कठोर बन्दै गएपछि उनले राजिनामा दिएका  हुन् ।

 

‘प्रधानमन्त्री मुल्कीले उहाँको राजिनामा राजा समक्ष पेश गर्नु भएको छ, राजाले उहाँको राजिनामाको अपेक्षासहित राजदरबारमा भएको बैठकमै उहाँले राजिनामा दिनु भएको हो,’ समाचार श्रोतले  भन्यो ।

 

राजाले शिक्षा मन्त्री ओमर अल रज्जाजलाई नयाँ सरकार गठन गर्न आदेश दिएको पनि श्रोतले जनाएको छ ।

 

राजधानी अम्मान र देशका प्रमुख सहरहरूमा गत बुधबार देखि सरकार विरुद्ध सशक्त आन्दोलन सुरु भएको थियो ।

 

अन्तर्राष्ट्रिय मुद्रा कोषको सिफारिसमा सरकारले आय कर लगाउने सम्बन्धी कानुनको मस्यौदा पारित गरेको विरोधमा प्रदर्शन भएको हो ।

 

मदागास्कारका प्रधानमन्त्रीद्वारा पनि राजिनामा

 

त्यसैगरी, मदागास्कारका प्रधानमन्त्री ओलीभियर महाफाल्य सोलोनान्ड्रासानाले पनि सोमबार नै राजिनामाको घोषणा गरेका  छन् ।

 

उच्च संवैधानिक अदालतले उनलाई गत हप्ता सात दिन भित्रमा राजिनामा दिन आदेश दिएकाले उनले आज राजिनामा घोषणा गरेका हुन् ।

 

‘मैले मेरो पदबाट राजिनामा दिएको छु, यसमा कुनै समस्या छैन, मैले राष्ट्रपतिलाई मेरो राजिनामा पत्र पठाउने छु,’ सोमबार आयोजित एक पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीभियरले भने ।

 

उनले उच्च संवैधानिक अदालतको निर्णयका कारणले नै आफुले राजिनामा दिन लागेको स्पष्ट पारेका छन् । अदालतले सम्झौता अनुसार नयाँ सरकार बनाउन पनि आदेश दिएको थियो ।

 

‘मैले अदालतको आदेशप्रति कुनै प्रतिवाद नगरी राजिनामा दिने निर्णय गरेको छु, त्यसलाई सहयोग गर्न नै मैले राजिनामा दिन लागेको हुँ,’ उनले भने ।

 

पुर्वप्रधानमन्त्री जेअन राभेलोनारिभोलाई विस्थापित गर्दै ५३ बर्षिय नेता ओलीभियर सन् २०१६ को अप्रिल १० मा प्रधानमन्त्रीमा नियुक्त भएका  थिए ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

  • 5 hours ago
‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँमा विकास निर्माणको कामले छलाङ मारेको जिकिर गरेका छन् । नेकपा (एकीकृत समाजवादी) भानु नगर कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेल

चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

  • 5 hours ago
चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

एजेन्सी । चीनले अफ्रिकालाई कोभिड-१९ महामारी विरुद्ध जुँध्न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्ने चाहेको रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।

ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

  • 5 hours ago
ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

काठमाडौं । च्यासल युथ क्लब र न्यु रोड टिम (एनआरटी) ले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एनआरटीले १–१ गोलको बराबरी



पर्यटन

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

जीवनशैली

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा तुलसीको बोटसँग सम्बन्धित केही अन्य महत्त्वपूर्ण कुराहरू जान्नुहोस्। परापूर्वकालदेखि नै घरमा तुलसीको बोट रोपेर दिनहुँ जल चढाउने चलन छ । तर, कतिपय विशेष दिनहरु यस्ता हुन्छन् जब तुलसीमा जल चढाउनु हुँदैन । कुन दिन तुलसीमा जल चढाउनु हुँदैन भन्ने बारेमा हामी तपाईलाई बताउँछौँ ।

विचित्र विश्व

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।