अदालतले आदेश दिएकाे सात वर्षपछि पक्राउ परे जुलियन असान्ज
- बिहीबार, २८ चैत, २०७५
- 3 years ago
- युके
- अन्तर्राष्ट्रिय

लण्डन । विकिलिक्सका संस्थापक जुलियान असान्ज लन्डनस्थित इक्वेडरको राजदूतावासबाट गिरफ्तारीमा परेका छन् ।
अमेरिका र अन्य देशका गोप्य दस्तावेजहरू इन्टरनेटमा सार्वजनिक गरेर चर्चा कमाएका असान्ज बेलायतस्थित इक्वेडरको राजदूतावासको शरणमा बसिरहेका थिए ।
असान्जलाई हिरासतमा लिइएको छ र उनलाई वेस्टमिन्स्टर मजिस्ट्रेट्स अदालतमा ‘चाँडोभन्दा चाँडो’ प्रस्तुत गरिने लण्डनको मेट्रोपोलिटन प्रहरीले जनाएको छ ।
सन् २०१२ को अदालतको आदेशका आधारमा असान्जलाई गिरफ्तार गरेको बताइएको छ । प्रहरीले असान्जलाई जतिसक्दो चाँडो वेस्टमिन्स्टर मेजिस्ट्रेट समक्ष प्रस्तुत गरिने जनाएको छ ।
असान्ज सन् २०१२ को अगष्टदेखि लन्डनस्थित इक्वेडरको राजदूतावासमा शरण लिएर बसेका थिए । राजदूतावासबाट बाहिर निस्किए आफूलाई संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गरिने खतरा रहेको उनले दाबी गर्दै आएका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 11 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 11 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।