जुम्ला विमानस्थल बुधबारदेखि सञ्चालनमा आउने

जुम्ला । बन्द जुम्ला विमानस्थल बुधबारदेखि सञ्चालनमा आउने भएको छ । बाँकी रहेको स्तरोन्नति र मर्मतसम्भार गर्न २० दिनका लागि विमानस्थल बन्द गरिएको थियो । 

 

धावनमार्गको बाँकी रहेको स्तरोन्नति र मर्मतसम्भारका लागि यही वैशाख ५ गतेदेखि विमानस्थल बन्द गरिएको हो । 

 

गत कात्तिक ८ गतेदेखि विमानस्थल बन्द गरी स्तरोन्नतिको काम भएको थियो र त्यसको बाँकी काम सम्पन्न गर्न २० दिन बन्द भएको विमानस्थल बुधबारदेखि सञ्चालनमा आउने विमानस्थल प्रमुख कैलाश शर्माले बताए । 

 

बन्द गरिएको विमानस्थलको काम समयमै सम्पन्न भएकाले बुधबारदेखि सञ्चालनमा आउने भएको छ । 

 

उनले भने, ‘विमानस्थलको धावनमार्ग र पार्किङतिर घाँस उम्रनेदेखि पहिले गरेको कालोपत्र उप्किसकेकाले स्तरोन्नति गर्नु परेको हो ।’ वि.सं. २०४० देखि जुम्ला विमानस्थल मर्मतको काम हुन सकेको थिएन । 

 

विमानस्थलको कालोपत्र उप्किएको, घाँस उम्रिएर जहाज अवतरण गर्न र उडान भर्न समस्या हुने गरेको थियो । यहाँ तारा, सीता, समिट र नेपाल एयरलाइन्सका जहाजले उडान भर्ने गरेका छन् । (रासस)


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

  • 5 hours ago
दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

एजेन्सी–दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

यसरी अर्बौँ सम्पत्तिको मालिक्नी बने यी बलिउड फ्लप अभिनेत्रीहरु

  • 5 hours ago
यसरी अर्बौँ सम्पत्तिको मालिक्नी बने यी बलिउड फ्लप अभिनेत्रीहरु

एजेन्सी । बलिउड उद्योग निकै ठूलो छ जहाँ जो–जो कलाकार आफ्नो भविष्य बनाउन छिर्छन् ती मध्ये केहीलेमात्र आफ्नो नाम सुनौले अक्षरले लेख्न सफल भएका छन् भने धेरैले संघर्ष गर्दागर्दै करियरलाई बीट मारेर बलिउडबा

डनसँगको अफेयरको हल्लाले बर्बाद भएको थियो यी अभिनेत्रीको बलिउड करिअर

  • 6 hours ago
डनसँगको अफेयरको हल्लाले बर्बाद भएको थियो यी अभिनेत्रीको बलिउड करिअर

एजेन्सी । भारतका महान फिल्म निर्देशक राज कपुरले मेरठमा जन्मिएकी यास्मिन जोसेफलाई मन्दाकिनी नामबाट फिल्म राम तेरी गंगा मैलीमा अवसर दिएका थिए । उक्त फिल्मपछि उनी रातारात हिट भएकी थिइन् । उनले उक्त फिल्म



पर्यटन

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

जीवनशैली

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

एजेन्सी–दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण ११ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ । कोरोनाका कारण करोडौँ मानिसहरु संक्रमित भएका छन् । यसको कहर झन् बढ्दो रहेको छ ।