५० मिटर अग्लो पर्खालबाट हामफाल्दा घटनास्थलमै आमाको मृत्यु, छोरा घाइते
- बिहीबार, १५ बैशाख, २०७९
- 2 months ago
- नेपाल
- विचित्र विश्व

भक्तपुर । मोरङ सुन्दर हरैचा नगरपालिका–९ विराटचोक घर भई हाल मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा डेरा गरी बस्ने आमा–छोरा एकैसाथ ५० मिटर अग्लो पर्खालबाट हामफाल्दा आमाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन् ।
कमेरोटारस्थित डेरा कोठा नजिकै रहेको कमेरोटारको पिपल चौतारोबाट हामफाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
पर्खालबाट हामफाल्दा गम्भीर घाइते भएका मृतकका कान्छो छोरा ४९ वर्षीय मातुराम तिमिल्सिनाको मध्यपुर अस्पतालमा प्राथमिक उपचारपश्चात वीर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । घटनाबारे प्रारम्भिक अनुसन्धान गर्दा घटनामा संलग्न दुवै जना डिप्रेशनको बिरामी रही लामो समयदेखि औषधि सेवन गर्दै आइरहेको पाइएको र थप उपचार भइरहेको उनले जानकारी दिए ।
घटनास्थलमा सुसाइट नोटसमेत भेटिएको छ । यसबारेमा बुझ्दा महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले १९ वर्षदेखि डिप्रेसनको औषधि सेवन गर्दा भएको शारीरिक र मानसिक पीडा सहन नसकी मृत्यु रोजेको विषय लेखेको जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारी रोखको उनले बताए ।
त्यस्तै आज ओखलढुङ्गा सुनकोशी गापा–९ घर भई हाल मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा डेरा गरी बस्ने ५० वर्षीय लालविनोद कटुवाल शौचालयमा लडेर मृत्यु भएको छ । शौचालयमा लडेर घाइते भएका कटुवालको भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
चावहिलमा खुल्यो फिल्म तथा टीभी स्कुल
- 8 minutes ago
काठमाडौँ। अभिनेता राजेश हमाल, फिल्ममा डेब्युको तयारीमा रहेकी मोडल नीति शाह र आई आई एफ टी स्कूल अफ फेसन एण्ड इन्टेरियरका निर्देशक तथा फेसन कोरिओग्रफ़र बिपना थापा लगायतका कलाकारले नेसनल फिल्म एण्ड टीभी
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु
- 1 hour ago

काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ। कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले बैठकका कार्यसूचीबारे जानकारी गराएका छन्। बैठकमा नयाँ सदस्यहरुक
श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान पक्राउ
- 1 hour ago
मोरङ। श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान पक्राउ परेका छन्। रंगेली नगरपालिका– १ बिर्ताबजारका तिलका मल्लिकलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। शुक्रबार राति ८ बजे मल्लि
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।