'जंगली हात्तीले हैरान पार्यो '

  • बुधबार, ७ असोज, २०७७
  • 2 months ago
  • नेपाल
प्रतिकात्मक तस्बिर

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा धान पसाउन लाग्दै गर्दा जङ्गली हात्तीले नोक्सान पु¥याउन शुरु गरेको छ । जिल्लाको पूर्वी क्षेत्र राप्ती र पश्चिमी क्षेत्र जगतपुर, मेघौलीसँगै माडीमा हात्तीले दैनिक रातको समयमा दुःख दिने गरेको हो ।

 

साँझ परेपछि एक्लै र समूहमा निकुञ्जबाट निस्किएर हात्ती धानबारीमा पस्ने गर्छन् । धान खाने, कुल्चने, मडार्ने गरेर क्षति पु¥याएको स्थानीयवासीको गुनासो छ । ती क्षेत्रका बासिन्दाले पालो मिलाएर रातभर हात्ती लखेट्ने गरेका छन् । ट्याक्टरको बत्ती बाल्ने, टायर बाल्ने, विद्युत्तीय झड्का दिएर लखेट्ने गरेको उनीहरुको भनाइ छ । 

 

लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बोका अनुसार राप्ती नगरपालिका वडा नं १ र ३ मा हात्तीले बढी सताउने गरेको छ । विगत ५० दिनयता रोनाल्डासँगै अन्य तीन चार हात्ती दैनिक आउने गरेको स्याङ्बोले बताए। उनले भने “कहिले तीन त कहिले चार वटा हात्ती दैनिक आउँछन् ।”

 

कहिलेकाहीँ त्यही बथान मकवानपुरको मनहरि क्षेत्रमा जाने उहाँको भनाइ छ । साँझ ८ः०० बजेतिर आएका हात्तीलाई लखेट्न नसके बिहान ४ः०० बजेसम्म धानमा क्षति पु¥याउने गरेको छ । सो सामुदायिक वनले विद्युतीय झड्काका लागि तारबार गरेको छ । राप्ती नगरपालिकाको सहयोगमा १० मिटरको फरकमा तीन किलोमिटर क्षेत्रमा सिएफएल बालिएको उनको भनाइ छ ।

 

स्थानीयवासीले चोक–चोकमा टायर बाल्ने, दैनिक दुई वा तीनवटा ट्याक्टरमा बत्ती बालेर लखेटिरहेको उनले जानकारी दिए । 

 

हात्तीले अहिलेसम्म सो क्षेत्रमा १५ बिघा भन्दा बढी क्षेत्रफलमा लगाएको धान क्षति बनाएको छ । यससँगै एउटा घर, एउटा कुखुराको खोर र एउटा घरको भान्छामा क्षति बनाएको उनले दुखेसो गरे । पश्चिम चितवनको शुक्रनगर, जगतपुर, पटिहानी, मेघौली क्षेत्रमा पनि हात्तीले सताउने गरेको छ । त्यस क्षेत्रमा गोविन्दे नामको पुरानो हात्ती दैनिक आउने गरेको हरियाली मध्यवर्ती सामुदायिक वनका सल्लाहाकार संयोजक लालबहादुर दवाडीले जानकारी दिए । 

 

माडी क्षेत्रमा हरेक वर्ष हात्तीले दुःख दिने गर्दछन् । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले भैरवपुर, वनकट्टा, पौवारी, कृष्णनगर लगायतका क्षेत्रमा रातको समयमा हात्ती धान खेतमा पसेर क्षति पु¥याउन थालेको बताए । ढकालले हात्तीले क्षति बनाएबापत निकुञ्जले दिने जति राहत नगरपालिकाले थप गरेर दिँदै आएको जानकारी दिए । 

 

जङ्गली जनावरको आक्रमणबाट नगरवासीको मृत्यु भएमा मृतकका परिवारलाई तत्काल किरिया खर्चबापत रु २५ हजार नगरपालिकाले दिँदै आएको छ । उनीहरुका आफ्नै छोरा वा छोरी कक्षा १२ भन्दा तल पढ्दै गरेको भएमा रु पाँच लाख सहयोग गर्ने गरेको छ । हालसम्म दु्ई परिवारलाई अध्ययन खर्च दिइएको ढकालको भनाइ छ । 

 

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले जङ्गली हात्तीले निकै दुःख दिने गरेको बताए । मध्यवर्ती सामुदायिक वनको अगुवाइमा स्थानीयवासीले हात्ती लखेट्ने गरेको उनको भनाइ छ । जङ्गली हात्तीले पु¥याएको क्षतिको राहत निकुञ्जले दिने गरेको भए पनि पूर्ण दिन सम्भव छैन । 

 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जङ्गली हात्ती बाहिर निस्कने क्रम बढेपछि गस्ती बढाइएको जानकारी दिए । मानवीय र अन्य क्षति नहोस् भन्नका लागि गाडी तथा ट्याक्टरको सहयोगमा हात्ती लखेट्ने काम भइरहेको उनले बताए । उनले भने “बढी नै दुःख दिएमा हवाई फायरसमेत गर्नका लागि तयारी अवस्थामा सुरक्षाकर्मी राख्ने गरिएको छ ।” निकुञ्जभित्रको घाँस छिप्पिएको हुने तर बाहिरको धान कलिलो र मिठो हुने भएकाले यो मौसममा जङ्गली हात्ती बाहिर आउने उनको भनाइ छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

विद्यार्थीकोे भेलामा अष्टलक्ष्मी शाक्यले के भनिन् ?

  • 5 hours ago
विद्यार्थीकोे भेलामा अष्टलक्ष्मी शाक्यले के भनिन् ?

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पहिलो नम्बरका अध्यक्ष केपी शर्मा ओलीको कारण पार्टी र सरकार ठप्पै भएको आरोप लगाएकी छिन् । शुक्रबार दिउँसो थ

परराष्ट्र मन्त्री ज्ञवालीकी धर्मपत्नीको कवितासंग्रह सार्वजनिक

  • 5 hours ago
परराष्ट्र मन्त्री ज्ञवालीकी धर्मपत्नीको कवितासंग्रह सार्वजनिक

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवालीको अर्को नयाँ कृति कवितासंग्रह सार्वजनिक भएको छ । कवयत्री ज्ञवालीले जीवनका विभिन्न आरोह–अवरोह र अनुभूतिहरुलाई कवितामा उता

‘कान्छी मट्याङ् ट्याङ्’को भिडियो सार्वजनिक

  • 5 hours ago
‘कान्छी मट्याङ् ट्याङ्’को भिडियो सार्वजनिक

काठमाडौँ । ‘कान्छी मट्याङ् ट्याङ्’को बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुनिल कटुवालको शब्द तथा प्रेम घिमिरेको संगीतमा तयार भएको गीतमा किरण भुजेल र एलिना चौहानको युगल स्वर छ।



जीवनशैली

यस्ता बानीले अनिन्द्राको समस्या बढाउँछ

यस्ता बानीले अनिन्द्राको समस्या बढाउँछ

काठमाडौँ । प्राय मानिस रातको वेला रक्सी र चुरोट सेवन गर्छन् । सुत्ने वेला कफी, चुरोट, रक्सी सेवन गर्नु हुँदैन । दैनिक शारीरिक व्यायाम गर्न आवश्यक हुन्छ । योग, ध्यान, प्राणायाम गर्दा पनि धेरै हदसम्म अनिद्राको समाधान हुन्छ । यदि साँझको समयमा ध्यान गर्न मन लागेमा निष्क्रिय खालको गर्नु राम्रो हुन्छ ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।