आफ्नै बच्चाको टिमविरुद्ध अभिभावक मैदानमा उत्रिए

  • आइतबार, २६ फागुन, २०७५
  • 1 year ago
  • खेल

काठमाडौँ । जुनियर फुटबल एकेडेमी (जेएफए नेपाल)का खेलाडीहरुविरुद्ध उनीहरुका अभिभावकले मैत्रिपूर्ण खेल खेलेका छन् । आइतबार ललितपुर सानेपास्थित ललितपुर फाइभ ए साइट फुट्सलमा एकेडेमीका खेलाडी तथा अभिभावकबीच प्रतिस्पर्धा भएको हो । 

 

एकेडेमीका संस्थापक तथा प्रमुख प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रीका अनुसार विद्यार्थी र अभिभावकबीच खेल हुँदा उनीहरुबीचको दूरी अझै कम हुने साथै एक अर्काको मनोविज्ञान बुझ्ने, घरको वातावरण अझै शान्त र सहज हुने, मित्रवत् व्यवहार हुने, अभिभावकले छोराछोरीको लागि समय दिएको जस्तो पनि हुने तथा बच्चाहरुको स्वभावको बारेमा अभिभावकलाई ज्ञान तथा अभिभावकको स्वभावको बारेमा बच्चाहरुलाई थप ज्ञान हुने हुनाले यस्तो कार्यक्रमको आयोजना गरिएको हो । यस्तो कार्यक्रम जुनियर फुटबल एकेडेमीले हरेक तीन–तीन महिनामा आयोजना गर्दै आएको छ ।

 

जुनिएर फुटबल एकेडेमी अखिल नेपाल फुटबल संघ (एन्फा) तथा काठमाडौं जिल्लाबाट सम्बन्धन प्राप्त संस्था हो । सन् २०१० मा स्थापना भएको यस संस्थाले हाल विद्यालय शिक्षा हासिल गरिरहेका ५ वर्षदेखि १६ वर्षसम्मका विद्यार्थीहरुलाई ‘ग्रास रुट ट्रेनिङ’ प्रदान गरिरहेको छ । यसको साथै, ट्रेनिङमा अब्बल विद्यार्थीहरुलाई थप प्रशिक्षणको लागि अभ्यास भ्रमण अन्तर्गत नेदरल्याण्ड, नर्वे, अमेरिका, थाइल्याण्ड, चीन, भारत लगायतका देशहरुमा समेत पठाइरहेको छ । भने फुटबलसम्बन्धी वर्कसप पनि संचालन गर्दै आएको छ । 

 

 

हाल जुनियर फुटबल एकेडेमीमा १४५ भन्दा बढी खेलाडीहरुले प्रशिक्षण लिइरहेका छन् । एकेडेमी काठमाडौँ उपत्यकाको बालुवाटार, सानेपा, पेप्सप्कोला, शान्तिनगरमा संचालन आइरहेको छ । एकेडेमीले जेहेन्दार, अनाथ तथा असाहय बच्चाहरुलाई भने निःशुल्क ट्रेनिङ सेवा पाइरहेका छन् ।


थप समाचार

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

  • 6 minutes ago
वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । नारायणी कोरोना विशेष अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । मृत्यु भएकी ४५ वर्षीया महिला कोरोना संक्रमित रहेको पुष्टि भएको छ

पर्सामा थप २२ जनामा कारोना संक्रमण पुष्टि

  • 13 minutes ago
पर्सामा थप २२ जनामा कारोना संक्रमण पुष्टि

पर्सा। पर्सामा थप २२ जनामा कारोना संक्रमण पुष्टि भएको छ । ६ जना महिलासहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।

बल्ल पूर्णता पायो काँग्रेसको केन्द्रीय विभागले

  • 26 minutes ago
बल्ल पूर्णता पायो काँग्रेसको केन्द्रीय विभागले

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिएका छन् । केन्द्रीय विभागका प्रमख भने यसअघि नै मनोनयन गर



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।