जुनियर फुटबल एकेडेमीका विद्यार्थी तथा अभिभावकबीच मैत्रिपूर्ण फुट्सल सम्पन्न

  • सोमबार, ७ माघ, २०७५
  • 1 year ago
  • खेल

काठमाडौं । जुनियर फुटबल एकेडेमी (जेएफए नेपाल)ले एकेडेमीमा रहेका विद्यार्थीहरु तथा उनका अभिभावकबीच मैत्रिपूर्ण फुट्सल कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । आइतबार सानेपास्थित ललितपुर फाइभ ए साइट फुट्सलमा सम्पन्न खेलमा करिब २ दर्जनभन्दा बढी विद्यार्थी तथा अधिकांश अभिभावकहरुको संलग्नता रहेको थियो । 

एकेडेमीका संस्थापक तथा प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रीका अनुसार विद्यार्थी र अभिभावकलाई एउटै मैदानमा उतार्दा उनीहरुले एक अर्काको मनोविज्ञान बुझ्ने, घरको वातावरण अझै शान्त र सहज हुने, मित्रवत् व्यवहार हुने, अभिभावकले छोराछोरीको लागि समय दिएको जस्तो पनि हुने तथा बच्चाहरुको स्वभावको बारेमा अभिभावकलाई ज्ञान तथा अभिभावकको स्वभावको बारेमा बच्चाहरुलाई थप ज्ञान हुने हुनाले यस्तो कार्यक्रमको आयोजना गरिएको हो ।

 

अखिल नेपाल फुटबल संघ (एन्फा) तथा काठमाडौं जिल्लाबाट सम्बन्धन प्राप्त जेएफए नेपाल सन् २०१० मा स्थापना भएको एकेडेमी हो । जेएफएले विद्यालय शिक्षा हासिल गरिरहेका ५ वर्षदेखि १६ वर्षसम्मका विद्यार्थीहरुलाई प्याकेजमा फुटबल ट्रेनिङ गराइरहेको छ । साथै, ट्रेनिङमा अब्बल विद्यार्थीहरुलाई थप प्रशिक्षणको लागि अभ्यास भ्रमण अन्तर्गत थाइल्याण्ड, चीन लगायतका देशहरुमा समेत पठाइरहेको छ ।

 

हाल जेएफएले काठमाडौं उपत्यकामा रहेका ३ दर्जनभन्दा बढी विद्यालयमा फुटबल ट्रेनिङ प्रदान गरिरहेको छ भने शनिबार, आइतबार तथा सार्वजनिक बिदाको दिन बालुवाटारस्थित एक्लेस फुटबल तथा सानेपास्थित ललितपुर फाइभ ए साइट फुट्सलमा बिहान १० बजेदेखि १२ बजेसम्म ट्रेनिङ प्रदान गरिरहेको छ । साथै जेएफएले अनाथ तथा असाहय बच्चाहरुलाई भने निःशुल्क ट्रेनिङ सेवा पाइरहेका छन् ।

 


थप समाचार

पूर्विय सभ्यता: विश्वविख्यात महापुरूषहरूको दृष्टिमा

  • 2 minutes ago
पूर्विय सभ्यता: विश्वविख्यात महापुरूषहरूको दृष्टिमा

लेख्ने विषयको चयन गर्न नसकेर स्रष्टा सधै द्वन्द्वमा हुन्छन् । व्यक्ति लेख्ने कि समस्टी, विषय लेख्ने कि वस्तुता, वर्तमानमा रुमलिने कि अतीततिर चढ्ने, अथवा अनागततिर कल्पना प्रक्षेपण गर्ने... यस्ता दोधार

सेती नदी जलविद्युत् आयोजनाको काम जारी

  • 13 minutes ago
सेती नदी जलविद्युत् आयोजनाको काम जारी

कास्की । कोभिड–१९ रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीमै काम शुरु भएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना आगामी भदौदेखि पूर्ण क्षमतामा शुरु हुने भएको छ ।

उपत्यका प्रवेश गर्ने साँगा नाकामा कडाइ

  • 28 minutes ago
उपत्यका प्रवेश गर्ने साँगा नाकामा कडाइ

काठमाडौं । विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।