जुनियर फुटबल एकेडेमीको समर क्याम्प सम्पन्न, केही दिनभित्र इभिनिङ ट्रेनिङ सुरु हुने

  • आइतबार, ८ बैशाख, २०७६
  • 1 year ago
  • खेल

काठमाडौँ । जुनियर फुटबल एकेडेमी (जेएफए नेपाल)को समर क्याम्प सम्पन्न भएको छ । जेएफएले चार हप्ताअघिबाट बालुवाटारस्थित एक्सेल रिक्रियशनल सेन्टर तथा ललितपुरको सानेपास्थित ललितपुर फाइभ ए साइड इन्डोर फुटबलमा समर क्याम्प चलाएको थियो । 

 

परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर संचालन गरेको क्याम्पको उदेश्य घरैमा टिभी हेर्ने, मोबाइल चलाएर शरीरलाई ‘फ्रिज’ गराउनुभन्दा शरीरलाई चलायमान बनाएर फुटबलको मज्जा लिने भन्ने थियो । दुबै क्याम्पमा गरि करिब ८० जना बालबालिकाको सहभागिता रहेको जेएफएका संस्थापक तथा प्रमुख प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रीले बताए । उनका अनुसार हाल समर क्याम्प सकिए पनि ‘विक इन्ड’ (शनिबार र आइतबार) तथा केही दिनभित्रै ‘इभिनिङ ट्रेनिङ’ पनि संचालन हुनेछ । 

 

 

जेएफए नेपाल सन् २०१० मा स्थापना भएको फुटबल एकेडेमी हो । जेएफएले विद्यालय शिक्षा हासिल गरिरहेका ५ वर्षदेखि १६ वर्षसम्मका विद्यार्थीहरुलाई फुटबल ट्रेनिङ गराइरहेको छ । साथै, ट्रेनिङमा अब्बल विद्यार्थीहरुलाई थप प्रशिक्षणको लागि अभ्यास भ्रमण अन्तर्गत नेदरल्याण्ड्स, नर्वे, अमेरिका, थाइल्याण्ड, चीन, भारत लगायतका देशहरुमा समेत पठाइरहेको छ ।

 


थप समाचार

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

  • 10 minutes ago
वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । नारायणी कोरोना विशेष अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । मृत्यु भएकी ४५ वर्षीया महिला कोरोना संक्रमित रहेको पुष्टि भएको छ

पर्सामा थप २२ जनामा कारोना संक्रमण पुष्टि

  • 16 minutes ago
पर्सामा थप २२ जनामा कारोना संक्रमण पुष्टि

पर्सा। पर्सामा थप २२ जनामा कारोना संक्रमण पुष्टि भएको छ । ६ जना महिलासहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।

बल्ल पूर्णता पायो काँग्रेसको केन्द्रीय विभागले

  • 29 minutes ago
बल्ल पूर्णता पायो काँग्रेसको केन्द्रीय विभागले

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिएका छन् । केन्द्रीय विभागका प्रमख भने यसअघि नै मनोनयन गर



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।