कलङ्की–चावहिल सडक विस्तारको तयारी सुरू

फाइल फाेटाे

काठमाडौँ । चीन सरकारले चक्रपथको कलङ्कीदेखि चावहिलसम्मको सडक विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहँदा यस खण्डमा सडक खाली गराउने काम सुरु भएको छ ।

 

सडक विभाग, चक्रपथ सुधार योजनाले कलङ्कीदेखि महाराजगञ्ज हुँदै चावहिलसम्म सडकको अधिकार क्षेत्रभित्र पर्ने स्थान खाली गराउन लागेको हो ।

 

सडकमा रहेका रूख, बिजुलीको पोल, खानेपानीको पाइपलगायतका संरचना हटाउन लागिएको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए ।

 

उनका अनुसार कतिपय संरचना हटाउनका लागि विभिन्न निकायसँग सहकार्य हुनेछ । उनले भने, ‘ठेक्का गरेर भएका रूख कटाउने लगायतका काम सुरू गरिएको छ ।’

 

चक्रपथको चौडाइ सडकको मध्य भागबाट ३१ मिटर रहेको छ । चिनियाँको प्रतिवेदन आएपछि नै सडकको चौडाइ कति कायम हुने भन्ने टुङ्गो लाग्ने इञ्जिनीयर शर्माले बताए ।

 

उनले भने, ‘अहिले हामीले चक्रपथको मापदण्डका आधारमा सडक खाली गराउन लागेका छौँ ।’ चक्रपथको पहिलो खण्डका रुपमा रहेको कोटेश्वर–कलङ्की सडक सम्पन्न हुनासाथ दोस्रो खण्डको अध्ययन सुरू भएको हो ।

 

नेपाल सरकारलाई गत वर्ष नै चीन सरकारले निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गरिसकेको छ । अध्ययन गरिरहेको चीन सरकारले नै सो सडकको समेत विस्तारको काम गर्नेछ ।


थप समाचार

शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

  • 3 hours ago
शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

  • 3 hours ago
श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसल

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

  • 3 hours ago
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसले श्रीमतीलाई रिस उठाउन गर्छ । ती बानीहरु यस्ता रहेका छन् ।