उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...
- बुधबार, २५ माघ, २०७९
- 1 month ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।
आफ्ना पति ‘स्टेट अफ द युनियन’ सम्भाषणका निम्ति तयार मञ्चमा उक्लनै लाग्दा उनले डग एम्होफको हात समाएर आलिङ्गनका साथ ओठमै चुम्बन गरेपछि भाषण सुन्न बसेका उच्च नेतृत्वको ध्यान र नयन राष्ट्रपतिबाट मोडिएर उनकी भार्यामा पुगेको थियो – त्यो रोचक क्षणका लागि ।
सामान्यतया पश्चिमा मुलुकमा अभिवादन वा स्नेह प्रकट गर्दा आलिङ्गनका साथ ओठले स्पर्श नगरी निधार वा गालामा चुम्बन गरिन्छ तर आज ‘प्रथम महिलाले द्वितीय भद्रपुरूषलाई’ गरेको मैत्रीपूर्ण अभिवादन ‘भाइरल’ हुने प्रकृतिको थियो ।
ओठमा चुम्बन गरेको स्पष्ट देखिने जुम गरिएको तस्बिर सार्वजनिक गर्दै न्युयोर्क टाइम्सको सचित्र प्रकाशन‘स्मुच अफ द युनियन’मा भनिएको छ ।
फोटोमा जिल वा डग कसले गल्ती गरेका हुन् भन्न सकिन्न तर त्रुटी भएको देखिन्छ । बाइडेन प्रशासनको आलोचक फक्स न्युजले पनि उक्त तस्बिरको आलोचना गरेको छ भने पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका भूतपूर्व सल्लाहकार केलीन कानवेले उक्त तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ठट्टा गरेका छन्–“वास्तवमै कोभिड सकिएछ । ”
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु
- 19 minutes ago

कञ्चनपुर। बाघको आक्रमणबाट कञ्चनपुरको पुनर्वासकी एक महिलाको मृत्यु भएको छ। नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो।
नेकपा ब्युँताउन प्रचण्डलाई माधव नेपालको प्रस्ताव
- 24 minutes ago

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव राखे
अमेरिकी हवाई हमलामा आठ जनाको मृत्यु
- 29 minutes ago

एजेन्सी । उत्तरपूर्वी सिरियाको हस्काह समीप अवस्थित गठबन्धन सेनाको शिविरमा बिहीबार भएको ड्रोन आक्रमणको प्रतिकारमा अमेरिकी सेनाले गरेको हवाई हमलामा इरान समर्थक आठ जना लडाकु मारिएका छन् ।
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।