वित्तीय क्षेत्रलाई आवश्यक जनशक्ति निर्माण गर्न कलेज र बैंकबीच सम्झौता

  • बुधबार, ३१ भदौ, २०७७
  • 3 days ago
  • अर्थ

काठमाडौँ । क्वेष्ट इन्टरनेशनल कलेज ग्वार्को ललितपुर र कामना सेवा विकास बैंक लि.ज्ञानेश्वर काठमाडौँले वित्तीय क्षेत्रलाई आवश्यक पर्ने जनशक्ति निर्माण गर्न सहकार्य गर्ने भएका छन् । सहकार्य गर्नेबारेको समझदारीपत्रमा कलेजमा मङ्गलबार प्रिन्सिपल उदयराज पौडेल र बैंकका कार्यकारी अधिकृत प्रवीण बस्नेतले समझदारीपत्रमा हस्ताक्षर गरे ।

 

उक्त बैंकका कर्मचारीको व्यवस्थापन तथा कार्यक्षमता एवं उत्प्रेरणा अभिवृद्धि गर्र्दै व्यावसायिक तथा व्यक्तिगत लक्ष्य हासिलका लागि अवसर प्रदान गर्न क्वेष्ट कलेजले अध्यापन, अनुगमन तथा तालीममार्फत योगदान पु¥याउने साझेदारी भएको कलेजका प्रिन्सिपल पौडेलले जानकारी दिए ।

 

बैंकका कर्मचारीले क्वेष्टका कुनै पनि डिग्री कार्यक्रम तथा तालीममा सहभागी हुँदा विशेष सुविधा तथा अध्ययन शुल्कमा छुट दिने व्यवस्था गरिएको उनले बताए । बैंकले पनि क्वेष्टका विद्यार्थीलाई इन्टनसीपको अवसर दिँदै आएको जानकारी दिँदै बैंकका कार्यकारी अधिकृत बस्नेतले समझदारी र सहकार्यलाई मानव संशोधन विकासमा शैक्षिक क्षेत्र, उद्योग, व्यवसाय तथा वित्तीय क्षेत्रबीच देखिएको खाडल क्रमशः पुर्दै जाने अभियानको शुरुवाती कदमका रुपमा लिइएको बताए ।

 

पोखरा विश्वविद्यालयबाट सन् २००९ मा सम्बन्धन प्राप्त गरी व्यवस्थापनका बिबिए, बिएचएम र एमबिएका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको क्वेष्ट इन्टरनेशनल कलेजमा हाल ७०० विद्यार्थी अध्ययनरत रहेका कलेजका प्रिन्सिपल पौडेलले जानकारी दिए ।

 

त्यसैगरी कामना सेवा विकास बैंकले ९०० कर्मचारीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै १२४ शाखामार्फत देशका विभिन्न स्थानमा सन् २००६ देखि बैंकिङ सेवा प्रदान गर्दैआएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

के पुनर्जन्म हुन्छ ?

  • 2 hours ago
के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

  • 2 hours ago
गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यको रुपमा समेत लिएका छन् ।

रिमाबारे रोचक कुराहरु

  • 2 hours ago
रिमाबारे रोचक कुराहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित सेलिब्रिटी हुन् रिमा विश्वकर्मा । उनी मोडल, अभिनेत्री, भिजे, टेलिभिजन प्रस्तोता हुन् । नेपाल आइडलपछि त झन् उनको चर्चा चुलिएको थियो ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यको रुपमा समेत लिएका छन् ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।