कंगनाको निशाना अब सिधै दीपिकातर्फ

एजेन्सी । अभिनेत्री कंगना रनावतले आजभोली बलिउड फिल्म उद्योगका स्टारहरुतर्फ आफ्नो निशाना लगाइरहेकी छन् ।

 

बलिउडका यस्ता कैयौं स्टारहरु रहेका छन् जसलाई कंगनाले आलोचना गरेकी छन् । यसमध्ये एक अभिनेत्री दीपिका पादुकोण पनि रहेकी छन् । कंगना रनावत सँधैजसो दीपिकालाई आलोचना एवं कटाक्ष गर्दै आएकी छन् ।

 

यसपटक ड्रग्सलाई लिएर कंगनाले दीपिकालाई निशाना बनाएकी छन् । सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा ड्रग्सको एंगल आएपछि कंगना लगातार ट्वीटरको माध्यमबाट यो मुद्धालाई उठाइरहेकी छन् । साथै कंगनाले ड्रग्सको सेवन गर्ने भन्दै कैयौं स्टारहरुलाई निशाना लगाएकी छन् ।

 

कंगनाले ट्वीटरमा दीपिका पादुकोणलाई हाई सोसाइटीको धनी स्टार किड बताउँदै उनीमाथि ड्रग्स सेवन गर्ने गरेको आरोप लगाएकी छन् । कंगनाको यो ट्वीट सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

 

उनले लेखेकी छन्, म पछि दोहोर्याउनु, डिप्रेशन नशालु औषधीको दुरुपयोगको एक नतिजा हो । कथित हाई सोसाइटीका धनीमानी स्टार किड, जो उच्च दर्जा एवं राम्रो पालनपोषण भएको दावा गर्छन्, आफ्ना म्यानेजरसँग सोध्छन्, माल छ ? 

 

उनले अन्तमा दीपिकालाई अंकीत गर्दै ह्यासट्याग गरेकी छन् । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा थप २८५६ जनामा कोरोना संक्रमण

  • 2 minutes ago
नेपालमा थप २८५६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप २८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ५८ हजार ८९ जना पुगेको छ।

आफुलाई मुखमा थुकेको भन्दै जब शनि देवलले अनिल कपुरको कठालो समातेका थिए...

  • 1 hour ago
आफुलाई मुखमा थुकेको भन्दै जब शनि देवलले अनिल कपुरको कठालो समातेका थिए...

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् सन्नी देवल र अनिल कपुर । पछिल्लो ३५ वर्षदेखि यी दुई कलाकारबीच बोलीचाली बन्द रहेको छ । आखिर ३५ वर्ष अगाडि के भएको थियो ?

दशैँमा गाउँतिरको पीडा

  • 1 hour ago
दशैँमा गाउँतिरको पीडा

पर्वत । पर्वतको मोदी गाउँपालिका स्थायी घर भइ हाल पोखरा– १२ मा बसोबास गर्दै आएकी शिला पौडेल जसरी पनि विगत वर्षमा दशैँमा आफ्नो घर पुगिन् । घट्स्थापनादेखि छोराछोरीको विद्यालयमा दशैँ बिदा शुरु हुने भएकाले



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।