कुनै समय प्रेमिकालाई एक कप चिया समेत खुवाउन नसक्ने कपिलको आज कति छ सम्पत्ति

एजेन्सी । पछिल्लो समय निकै चर्चामा छन् कमेडियन कपिल शर्मा । कपिल शर्मालाई द कपिल सो ले एउटा नयाँ पहिचान बनाइ दियो । सन् १९८१ मा अम्रितसारमा जन्मिएका उनी आज करोडौ सम्पत्तिका मालिक बनेका छन् । 

 

क्याफीमा प्रेमिकालाई राम्रोसँग खुवाउन नसकेका कारण ब्रेकअप भएको बताउने कपिल हाल लक्जरिएस कारका मालिक बनेका छन् । 

 

हिन्दु कलेजमा पढेका उनले पछि थिएटरमा काम गर्न थालेका थिए । तर, सन् २००४ मा उनको पिताको क्यानसरका कारण उनको मृत्यु भएको थियो । पिताको मृत्यु पश्चात उनको काँधमा सबै जिम्मेवारी आएको थियो । 

 

सन् २००५ मा उनले ब्रेक पाएका थिए । उनले एमएच–१ मा हाँस्दे हसाँते राओमा काम पाएका थिए । सन् २००७ मा उनले लाफ्टर च्यालेन्जको पहिलो अडिसनमा असफलता भोग्नु पर्यो । तर, अर्को सिजन भने उनले उक्त प्रतिस्पर्धा जित्दै १० लाख जितेका थिए । 

 

सन् २०१६ को तथ्याङ मान्ने हो भने उनको आम्दानी ६.६ मिलियन डलर रहेको थियो । उनको कुल सम्पत्ति १४.७–२२ मिलियन डलर रहेको छ ।  

 

सन् २०१७ को आम्दानीको हेर्ने हो भने उनले ‘द कपिल सो’ का लागि सोनी च्यानलसँग ११० करोड भारतीय रुपैयाँको सम्झौता गरेका छन् । 

 

उनको डिएलएच इन्क्लेभ फ्ल्याट, ओसिवारा लिंक रोडमा, मुम्बइमा रहेको छ । यसको मुल्य २.२ मिलियन डलर रहेको छ । 

 

अफिस, भेरसोभा एमएचएडिए जुन निर्माणधिन रहेको छ । यसको मुल्य ४ करोड भारतीय रुपैयाँ रहेको छ । 

 

शान्तिबन बिलडिङ, अन्धेरी, मुम्बइ– यो बिलडिङ उनले सन् २०१० मा किनेका थिए । 

 

एडिटिङ स्टुडियो, लोटस बिजनेश पार्क, अधेरी । 

 

पन्जावमा उनले केही जमिन समेत किनेको केही मिडिया रिपोर्टले उल्लेख गरेका छन् । 

 

कारहरु

ल्याण्डरोभर रेन्ज रोभर इभोक्यु–८२ लाख भारतीय रुपैयाँ

मर्सिटिज बेन्ज एस३५० सिडिआइ–१.४५ करोड भारतीय रुपैयाँ

 

उनी कमेडीमा जति सफल भए फिल्ममा भने उनी सफल हुन सकेनन् । उनले अभिनय गरेको फिल्म फिरंगी सुपर फ्लप भएपछि उनी तनावमा आएका थिए भने ठुलो बजेट समेत गुमाउन पुगेका थिए । 

 


थप समाचार

शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

  • 3 hours ago
शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

  • 3 hours ago
श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसल

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

  • 3 hours ago
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसले श्रीमतीलाई रिस उठाउन गर्छ । ती बानीहरु यस्ता रहेका छन् ।