चलचित्र ‘कप्टी’को पहिलो स्पेसल शो बेलायतमा हुने
- बिहीबार, २ आषाढ, २०७९
- 1 month ago
- कला र मनोरञ्जन
- युके

काठमाडौँ। निर्देशक भुपेन्द्र गुरुङको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र ‘कप्टी’को पहिलो स्पेसल शो बेलायतमा हुने बुधबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै जानकारी दिएको छ।
कथानक चलचित्र ‘कप्टी’लाई एक कार्यक्रमकाबीच आगामी १९ जुन २०२२, सामुएल कोडी स्पोर्ट्स कलेज ब्यालान्टाइन रोड फर्नबरो जि यु फोटिन एट एस एनमा प्रदर्शन हुने घोषणा गरेको हो। चलचित्रमा चर्चित कलाकारहरु शेर बहादुर गुरुङ उर्मिला गुरुङ, उमेश गुरुङ, स्मृति बलामी, गिरी प्रसाद पुन (लाहुरे दाई) केशब राई, सोनी गुरुङ लगायत स्थानीय कलाकारहरुको बेजोड अभिनय रहेको छ।
सोलुखुम्बुको जुबु, मैदेल गाउँ, गोकियो रि, कालिन्चोक, लम्जुङ्गको डाँडाथोक गाउँ र इलाममा छायांकन गरिएको आफ्नै मौलिकपन बोकेको नेपाली कथानक चलचित्र ‘कप्टी’मा मदन काश्यप घिमिरेको छायांकन, बन्दे प्रसादको सम्पादन, समिर मियाको कलर र भी एफ एक्स, आश्रम गुरुङको शब्द संगीत गायक÷गायिका आर के नेपाली, धर्मेन्द्र सेवन, मेलिना राईको स्वर रहेको फिल्मको निर्माता मोहन कुमार खत्री, प्रेम बहादुर गुरुङ, मिनु लामा र अमेरिका निवासी मनिता गुरुङ र सह निर्माता नातीकाजी गुरुङ रहेको छ।
भ्याली फिल्म एकेडमी प्रा लि को ब्यानरमा बनेको नेपाली फिल्म कप्टीको स्पेसल शो निर्देशकको गाउँले परिवार डाँडाथोक युरी परिवारले आयोजना गरेको हो भने तमु छोज धीं युके का महासचिब इलम पोखरी समाजका अध्यक्ष परशु गुरुङ तमु छोज धीं युकेका सल्लाहकार लम्जुंग समाज युकेका कोषाध्यक्ष पूर्ण राज गुरुङ र युकेमा धेरै कार्यक्रमहरुमा कलाकारका संयोजन गर्नु हुने कलाकार तथा समाजसेवी कुमार गुरुङ ज्युको सहयोग र सम्योजक्तोमा प्रदर्शन हुन लागेको छ।
गाउँले परिवेश रिति थिति गाउँ ठाउं कै रहन सहन संस्कृति उजागार, पुरानो खेल ठेलो, प्रौढ शिक्षा कुरा गरिएको चलचित्रमा संसार कप्टीहरुको हातमा जान्छ तर छाल कपट धेरै बेर टिक्दैन भन्ने संदेश सहित यस चलचित्रमा कप्टीको हो भन्ने चाही चलचित्र हेर्नु पर्ने निर्माता मोहन कुमार खत्रीले बताए। चलचित्र प्रदर्शनको लागि युके पछी युरोप, जापान, अस्ट्रेलिया, कतार, क्यानाडा, अमेरिकामा कुरा आगाडी बढेको र चाडै प्रदर्शनको मिति घोषण हुने निर्माता मोहन कुमार खत्रीले बताए। मौलिक चलचित्रहरुलाई साथ सहयोग र प्रोहोत्सानको निमित्त चलचित्र कप्टी हेर्न आइदिनु हुन युकेबासी सम्पूर्ण नेपाली दाजु भाई दिदि बहिनिहरुलाई निर्देशक गुरुङले अनुरोध गरेको छ।
देश विदेशको स्पेसल र च्यारटी शो गरे पछी मात्र नेपालको हालमा प्रदर्शन मिति घोषणा हुने पनि निर्देशक गुरुङले बताए। युके शो भब्य सफलताको निमित्त सम्पूर्ण पत्रकार मित्रहरु, समाजसेबी लगायत यु के बासी नेपाली दाजु भाई दिदि बहिनीहरु सम्पूर्ण यु केमा रहेको संघ संस्थाहरु लगायतसबै सबैलाई चुलो निमन्त्रणा गरिएको आयोजक डाँडाथोक युरी परिवारले जानकारी गराएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीतः कमल थापा
- 9 hours ago
काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीत भएको टिप्पणी गरेका छन्। बिहीबार सामाजिक संजालमा एक पोस्ट गर्दै नेता थापाले विवाह गरेको भोलिपल्
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
- 9 hours ago
काठमाडौँ। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। बोर्डको लागि केसीको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता भएको हो। केसीलाई गत साउन ९ ग
ओलीकै नेतृत्वमा एमालेको चुनाव परिचालन कमिटी
- 9 hours ago

काठमाडौँ। नेकपा एमालेले मंसिर ४ मा हुने चुनावको तयारीका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।
विचित्र विश्व
श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।