Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलदक्षिण अफ्रिका उत्कृष्ट लयमा, न्यूजिल्याण्डको लगातार तेस्रो हार

दक्षिण अफ्रिका उत्कृष्ट लयमा, न्यूजिल्याण्डको लगातार तेस्रो हार


एजेन्सी । सन् २०२३ को विश्वकपमा दक्षिण अफ्रिकाले सानदार खेल प्रदर्शन गरिरहेको छ । इंग्ल्याण्ड र अष्ट्रेलिया जस्ता टिमलाई नराम्रोसँग पराजित गरेपछि टेम्बा बाभुमाको टोलीले उपाधिको दावेदार मानिने न्यूजिल्याण्डलाई पनि हराएको छ ।

नोभेम्बर १ मा पुणेमा भएको खेलमा दक्षिण अफ्रिकाले फेरि विस्फोटक ब्याटिङका ​​आधारमा ३५७ रनको ठूलो स्कोर बनाएको थियो र त्यसपछि चुस्त बलिङको मद्दतले न्युजिल्यान्डलाई १६७ रनमा अलआउट गर्दै १९० रनले जित हासिल गर्न सफल भयाे ।

यस खेलमा क्विन्टन डी कक र रस्सी भान डेर डुसेनले उत्कृष्ट शतक प्रहार गरे भने पेसर मार्को जान्सन र स्पिनर केशव महाराज फेरि उत्कृष्ट बलिङ गर्न सफल भए ।

न्युजिल्याण्डका कप्तान टम लाथमले टस जितेर दक्षिण अफ्रिकालाई पहिले ब्याटिङ गर्न निम्तो दिएका थिए ।

प्रतियोगितामा अन्तिम ६ खेलमध्ये ४ खेलमा दक्षिण अफ्रिकी टोलीले पहिले ब्याटिङ गरेको छ । ती सबै खेलमा ३०० भन्दा बढी रन बनाएको छ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

Techie IT