कर्मचारीले दिए आविष्कार केन्द्रलाई एक लाख २७ हजार

काठमाडौँ । दुर्गम गाउँमा काम गर्दाका समस्या आ–आफ्नै छन् । स्रोत साधन हुने हो भने दुर्गमका बस्तीको विकासमा पनि परिवर्तनको आभाष गर्न सकिन्छ भन्ने बुझेका छन् जिल्लाको ताराखोला गाउँपालिकाका कर्मचारीहरु । 

 

गाउँमा स्वास्थ्यसम्बन्धी सेवाको उपलब्धता आधारभूत तहको मात्रै छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा थप विकास होस् भन्ने उद्देश्यले टेलिमेडिसिन सेवा खोज्दै जाँदा यहाँका कर्मचारी राष्ट्रिय आविष्कार केन्द्र पुगे । आफ्ना समस्या लिएर केन्द्रमा पुगेका कर्मचारीले केन्द्रका संयोजक महावीर पुनलाई भेटेर आफ्ना समस्याको विषयमा त जानकारी गराए तर राष्ट्रिय आविष्कार केन्द्रले भोगिरहेको समस्यामा पनि उनीहरुको आँखा प¥यो ।

 

लामो समयदेखि नेपालमै आविष्कारको क्षेत्रमा काम गर्ने भनेर स्थापना भएको यो केन्द्रले आर्थिक समस्यासँग जुधिरहेको छ । निश्चित स्रोत नभएकाले दाताको सहयोग र स्वस्फुर्त आविष्कारमा सहभागी विज्ञहरुको भरमा रहेको आविष्कार केन्द्रलाई कर्मचारीको तर्फबाट सहयोग गर्नुपर्छ भन्ने भावना विकास भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए । टेलिमेडिसिन सेवाको विषयमा बुझ्न केन्द्र पुगेर फर्किएको टोलीले गाउँपालिकाका कर्मचारीको बीचमा सल्लाह गरेर स्वस्फुर्त सहयोग सङ्कलन अभियाननै चल्यो । 

 

“कसैलाई करकाप गरेनौँ, सबैले सहयोग गर्नुभयो”, शर्मा भन्छन्,“थोरै भए पनि स्वदेशमै हुने आविष्कारमा सहभागी हुनु हाम्रो पनि दायीत्व हो । गाउँपालिकामा कार्यरत कर्मचारीले सङ्कलन गरेको रु एक लाख २७ हजार १११  आविष्कार केन्द्रलाई एकमुष्ट रुपमा प्रदान गरिएको छ । ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले आविष्कार केन्द्रका संयोजक महावीर पुनलाई उक्त रकम बुधबार हस्तान्त्रण गरे ।

 

“हामी अपेक्षा बोकेर केन्द्रमा पुग्दा त्यहाँको समस्याले हामीलाई पोल्यो”, शर्माले भने, “सबैले सहयोग गरे आविष्कार केन्द्रले केही गर्न सक्छ ।” आविष्कार केन्द्रले नयाँनयाँ र मौलिक आविष्कार गरेर देश विकासमा टेवा पुगोओस् भन्ने सुभेच्छा राखेर सबै कर्मचारीको तर्फबाट सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । गाउँ कार्यपालिकाको कार्यालय, विषयगत कार्यालय र वडा कार्यालयमा समेत कार्यरत स्थायी, अस्थायी र करारका कर्मचारी गरी ५८ जनाले स्वस्फुर्त सहयोग गरेका थिए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेकपा सचिवालय बैठकः आँधीअघिको सन्नाटा !

  • 59 minutes ago
नेकपा सचिवालय बैठकः आँधीअघिको सन्नाटा !

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोली शनिबार बस्दैछ । तर, पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंसिर ३ गते बसेको सचिवालय बैठकपछि भे

चितवनको माडीमा बिओपी स्थापना

  • 1 hour ago
चितवनको माडीमा बिओपी स्थापना

चितवन । माडी नगरपालिकामा छैटौँ बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । माडी –६ कल्याणपुरमा छैटौँ पोष्ट स्थापना गरिएको हो ।

महेन्द्रनगरमा युवक मृतावस्थामा फेला

  • 1 hour ago
महेन्द्रनगरमा युवक मृतावस्थामा फेला

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले दमाईंको शव घाँटीमा टेलिफोनको जस्तो तारमा बेरिएको अवस्थामा भेटिएको जानकारी दिए । मृतकका शरीरमा अन्य कुनै प्रकारको चोट नरहेको जनाइएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।