कर्णाली प्रदेश चलचित्र कार्यशालाको तयारी पुरा

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

सुर्खेत। केबी फिल्म्स प्रा.लि.को आयोजनामा यही १४ असार देखि १९ असारसम्म कर्णाली प्रदेशको बीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली चलचित्र कार्यशाला २०७९’ आयोजना गरिने भएको छ। कर्णाली प्रदेशमा यती बृहत कार्यशाला यो नै पहिलो हो।

 

आयोजक संस्थाका अध्यक्ष भुपेन्द्र कुमार खड्काका अनुसार कार्यशालाको सम्पूर्ण तयारी पुरा भएको छ। यसपटक कार्यर्शालामा बरिष्ट चलचित्र निर्देशक एवम् अभिनेता नीर शाहको विशेष कक्षा हुने भएको छ। यस्तै चलचित्र विकाश बोर्डका निवर्तमान अध्यक्ष एवं अग्रज चलचित्र निर्देशक दयाराम दाहालले पनि कार्यशालामा विशेष कक्षा लिने भएको छन्।

 

‘कर्णाली प्रदेशको भौगोलिक सुन्दरता, त्यहाँको साँस्कृतिक विविधता, जनजीवनको कथालाई चलचित्रमा ल्याउनका लागि सो प्रदेशमै दक्ष चलचित्रकर्मी जन्माउन यो कार्यशाला आयोजना गर्न लागिएको हो। विविध साधन र श्रोत भएर पनि कर्णाली प्रदेश चलचित्र निर्माणमा निकै पछाडि छ।’ आयोजक संस्थाका अध्यक्ष एवम् कलाकार निर्माता भुपेन्द्र कुमार खड्काले भने, कर्णाली प्रदेशको भौगोलिक अनेकता, साँस्कृतिक विविधता यहाँका जन जीवनको कथालाई काठमाडौंका सिनेकर्मी भन्दा यहीँका सिनेकर्मीले राम्ररी बुझेर सिनेमामा उतार्न सक्नेछन भन्ने विश्वासका साथ कर्णाली प्रदेशमै दक्ष चलचित्रकर्मी जन्माएर उनीहरु मार्फत कर्णालीको जन जीवनका कथालाई नेपाल सहित विश्वमा पुर्याउन यो चलचित्र कार्यशाला आयोजना गरिएको हो।’

 

दुर सञ्चार प्राधिकरणको सह आयोजना तथा चलचित्र विकाश बोर्ड, नेपाल टेलिकम, कर्णाली प्रदेश सामाजिक विकाश मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका सुर्खेत, उधोग बाणिज्य संघ सुर्खेतको सहकार्यमा यो कार्यशाला सम्पन्न हुँने पनि खड्काले बताए।  

चलचित्रको कार्यशालामा चलचित्र निर्देशक गीतकार एवम् पत्रकार डब्बु क्षत्रीले चलचित्र लेखन निर्देशन, छायाँकार बिष्ण कल्पितले छायाँकन, अभिनेता भोलाराज सापकोटाले अभिनय, सम्पादक प्रितम पाण्डेले सम्पादन, लेखक शिबम अधिकारीले लेखनसम्बन्धि कक्षा लिने पनि खड्काले बताएका छन्।

 

बरिष्ट चलचित्र निर्देशक राजु केसीले कार्यशालाको संयोजन तथा गीतकार कलाकार हरि बिष्टले स्थानीय व्यबस्थापन एवम् सरिता भारतीले कार्यशालाको मिडिया संयोजन र विश्व सापकोटाले पब्लिसिटी व्यबस्थापन गर्दैछन्।

 

एक साता लामो यो कार्यशालामा चलचित्र प्रोडक्सनलाई बढी महत्व दिईने संयोजक राजु केसीले बताएका छन्। प्रि प्रोडक्सन, प्रोडक्सन र पोष्ट प्रोडक्सन अन्तर्गत चलचित्रबारे अनुसन्धान, लेखन, निर्देशन, निर्माण, छायाँकन, सम्पादन र अभिनय जस्ता विधामा प्रशिक्षण दिईने छ। जसका लागि नेपाली चलचित्र उधोगका दक्ष चलचित्रकर्मीले कर्णाली चलचित्र कार्यशालामा प्रशिक्षण दिनेछन्। यो कार्यशालामा सकेसम्म कर्णाली प्रदेशका सबै जिल्लामा कम्तीमा एक एक जना मात्र भए पनि प्रशिक्षार्थी समेट्ने हाम्रो प्रयास हुनेछ।

 

चलचित्र कार्यशालामा सहभागी विधार्थीहरुले एक सातासम्म चलचित्र सिकेर प्रयोगात्मक रुपमा चलचित्र पनि निर्माण गर्ने छन्। ती चलचित्रलाई महोत्सबमा पनि पठाउने आयोजक पक्षको कथन छ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीतः कमल थापा

  • 8 hours ago
वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीतः कमल थापा

काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीत भएको टिप्पणी गरेका छन्। बिहीबार सामाजिक संजालमा एक पोस्ट गर्दै नेता थापाले विवाह गरेको भोलिपल्

भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

  • 8 hours ago
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। बोर्डको लागि केसीको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता भएको हो। केसीलाई गत साउन ९ ग

ओलीकै नेतृत्वमा एमालेको चुनाव परिचालन कमिटी

  • 8 hours ago
ओलीकै नेतृत्वमा एमालेको चुनाव परिचालन कमिटी

काठमाडौँ। नेकपा एमालेले मंसिर ४ मा हुने चुनावको तयारीका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।

विचित्र विश्व

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।