काश्मिरमा १६ जनाको मृत्यु

एजेन्सी । पाकिस्तान नियन्त्रित काश्मिरमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार हिमपहिरो र हिमपात सम्वन्धी विभिन्न घटनामा परी अरु कैयौँ बेपत्ता पनि भएका छन् ।  

 

पछिल्लो २४ घण्टामा भएका घटनामा परी उनीहरुको मृत्यु तथा बेपत्ता भएको मुजाफरवादका आयुक्त इम्तीयाज अहमदले जानकारी दिएका छन् । 

 

उनका अनुसार अहिलेसम्म कम्तीमा दश जना बेपत्ता भएका विवरणहरु प्राप्त भएका छन् । घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेको पनि अधिकारीहरुले बताएका छन् । 

 

मृत्यु भएका मध्ये अधिकांशको पाकिस्तान नियन्त्रित काश्मिरमा पर्ने निलम उपत्यकामा रहेका जनाइएको छ । दर्जनौ घर, सवारी साधन र पसल पनि क्षतिग्रस्त भएको आयुक्त अहमदले जानकारी दिएका छन् । 

 

त्यस क्षेत्रमा पछिल्लो समय हिमपात, हिमपहिरोलगायत बर्षासम्वन्धी विभिन्न घटनाहरु भएको पनि उनले बताएका छन् ।

 

लावत गाउँमा रहेको एक विद्यालयतर्फ गइरहेका १० जना विद्यार्थीहरु पनि हिउँ पहिरोमा परेको सरकारी अधिकारीहरुले जनाएका छन् । उनीहरु मध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अरु घाइते भएका थिए ।  

 

त्यस्तै घटना अन्य ठाउँहरुमा पनि भएका छन् । डाक्कि चाक्नार क्षेत्रमा भएको अर्को घटनामा परी अरु ६ जनाको मृत्यु भएको छ । त्यहाँ घरमै हिमपहिरो खसेको थियो । 

 

पहिरोले च्यापिएका अन्य स्थानीयको उद्धार कार्य भइरहेको जनाइएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

यी २९ राष्ट्रबाट संविधान दिवसको अवसरमा शुभकामना

  • 42 minutes ago
यी २९ राष्ट्रबाट संविधान दिवसको अवसरमा शुभकामना

काठमाडौँ । संविधान दिवसका उपलक्ष्यमा विश्वका २९ मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना सन्देश प्राप्त भएका छन् ।

यी बलिउड अभिनेत्रीहरु फसेका थिए रक्सी तथा चुरोटको लतमा

  • 52 minutes ago
यी बलिउड अभिनेत्रीहरु फसेका थिए रक्सी तथा चुरोटको लतमा

एजेन्सी । फिल्मी क्षेत्रमा सधै सफलताको शिखरमा बसिरहन सकिदैन । तर केही बलिउड अभिनेत्रीहरु यो यथार्थतालाई स्विकार्न सक्दैनन र विभिन्न लतको शिकार हुने गर्छन् ।

यो पढेपछि रिसाउन छोड्नु हुनेछ

  • 1 hour ago
यो पढेपछि रिसाउन छोड्नु हुनेछ

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

गरूण पुराणका अनुसार मृत्यु पश्चात १३ दिनसम्म आत्म कहाँ रहन्छ ?

गरूण पुराणका अनुसार मृत्यु पश्चात १३ दिनसम्म आत्म कहाँ रहन्छ ?

एजेन्सी । गरुड पुराण वैष्णव सम्प्रदायसँग सम्बन्धित रहेको छ । यस पुराणका अनुसार सनातन धर्ममा मृत्यु पश्चात सद्रति कसरी मिल्यो ? मृत्यु पश्चात के हुन्छ ? यी कुराहरुबारे यस ग्रन्थमा चर्चा गरिएको छ ।