व्यक्तिगत स्वास्थ्य तथ्याङ्कसहित सेवाको तयारी गर्दै काठमाडौँ महानगरपालिका

Global IME
Norvic Hospital
  • मंगलबार, १७ माघ, २०७९
  • 1 month ago
  • नेपाल

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले नागरिकहरुको स्वास्थ्य अवस्था विवरण अद्यावधिक गर्ने तयारी गरेको छ। रोग, उपचार र औषधि सेवान सम्बन्धी व्यक्तिको अवस्था सर्वेक्षणबाट काम थालिनेछ। 

 

सहरमा नसर्ने तर दीर्घ रोगका विरामीहरुको संख्या बढ्दै गएको छ। यस्ता विरामीहरुले नियमित औषधि सेवन गर्नुपर्छ। निश्चित मात्रा पूरा गर्नुपर्छ। यसको निगरानी वडास्तरीय स्वास्थ्य प्रवर्धन केन्द्रबाट गर्ने योजना हो। स्वास्थ्य प्रवर्धन केन्द्रहरुको स्तरोन्नति गर्ने विषयमा सोमबार बसेको बैठकमा महानगरका स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवालले, स्वास्थ्य प्रवर्धन केन्द्रबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुन्छ भन्ने अनुभूति हुने व्यवस्था गर्न लागिएको बताए।

 

‘कसलाई के समस्या छ? उपचार कहिलेबाट थालनी भएको हो, कुन औषधि प्रयोग गरिरहनु भएको छ? औषधिको समयावधि कति हो? प्रयोगशाला जाँच कहिले भएको थियो? अब कहिले गर्नुपर्छ? क्लिनिकमा कहिले जानुपर्छ? औषधि लिन कहिले जानु पर्छरु घरमा भएको औषधिले कहिलेसम्म पुग्छ?’ यस सम्बन्धी नोटिफिकेसन दिएर विरामीको उपचार र स्वस्थ्य जीवनयापनमा सहज बनाइनेछ। डा. अग्रवाल भन्नुहुन्छ, ‘दीर्घ रोग भएका व्यक्तिको उपचारसँग सम्बन्धित विवरण डिजिटल प्रणालीमा राखेर काम थालनी गर्छौँ। यसलाई विस्तार र वृहत बनाउँदै सबै व्यक्तिको स्वास्थ्य अवस्था बुझ्न सकिने, समग्र स्वास्थ्य सम्बन्धी अवस्थाका विषयमा जानकारी लिन सकिने प्रणाली बनाउँछौँ।’ अहिले महानगरबाट परिवर्तन सम्भव छ। यसमा नागरिकले आशा गरेका छन्। यो आशालाई मर्न दिन नहुने उनले भने।

 

बैठकमा स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले, प्रविधिसँग जोडेर आधारभूत तथ्याङ्क संकलनको योजना बताए। विभागको योजनालाई सूचना प्रविधि विभागले टेवा पु¥याउनेछ। बैठकमा सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालले सहकार्यमा सहमत जनाए। स्वास्थ्यको कुनै एउटा क्षेत्रलाई मोडल बनाएर सेवा विस्तार गर्दै जाँदा दिगो उपयोगमा योगदान हुने उपनिर्देशक रामप्रसाद पौडेलको भनाइ थियो। 

 

आधारभूत स्वास्थ्य अवस्थाको सर्भेक्षणबाट थप कार्यक्रममा टेवा पुग्ने महाशाखा प्रमुख सजिना महर्जनले धारणा राखे। सबै सेवाका आधारभूत तथ्याङ्क एउटै हुन्। सर्वेक्षणमा यसलाई ध्यान दिएर उपयोगी विवरण ल्याउने गरी प्रश्नावली तयार पार्नुपर्छ। बैठकमा तथ्याङ्क अधिकृतहरु कृष्णराज तिवारी र पवनकुमार ठाकुरको भनाइ छ।

 

सेवा स्मार्ट पालिकाका निर्देशक मनोज भट्टराईले महानगरको नागरिक विद्युतीय सुशासन सेवामा स्वास्थ्य सर्वेक्षणलाई जोड्न सकिने बताए। सूचना तथा तथ्याङ्क संकलन, प्रशोधन, विश्लेषण तथा भण्डारणका लागि यसभित्र पर्याप्त ठाउँ बनाइएको उनले बताए।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

  • 35 minutes ago
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्र

बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु

  • 1 hour ago
बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु

कञ्चनपुर। बाघको आक्रमणबाट कञ्चनपुरको पुनर्वासकी एक महिलाको मृत्यु भएको छ। नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो।

नेकपा ब्युँताउन प्रचण्डलाई माधव नेपालको प्रस्ताव

  • 1 hour ago
नेकपा ब्युँताउन प्रचण्डलाई माधव नेपालको प्रस्ताव

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव राखे



पर्यटन

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।