काठमाडौं अपडेटः बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट
- सोमबार, ९ जेष्ठ, २०७९
- 1 month ago
- राजनीति

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गरेकी छन् ।
यसैगरी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले २४ हजार ५७८ मत ल्याएका छन् भने उपप्रमुखमा सोही पार्टीको उम्मेदवार सुनिता डङ्गोलले ४४ हजार ७०५ मत ल्याएर अग्रस्थानमा छिन् । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत पाएका छन् ।
प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं ९, १०, १३, १४, १५, २०, २२ र २६ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । कामपामा हालसम्म एक लाख २४ हजार ५४४ मतगणना भएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
डर, धाक धम्की देखाई रकम माग गर्ने २ जना पक्राउ
- 15 minutes ago
मोरङ। मोरङबाट डर, धाक धम्की देखाई रकम माग गर्ने २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले डर, धाक धम्की देखाई रकम माग गर्ने २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको पथरीशनिश्च
फेरि कोरोना संक्रमणको दर बढ्न थाल्यो
- 23 minutes ago

काठमाडौँ। नेपालमा फेरी कोरोना संक्रमणको दर बढ्न थालेको छ। आइतबार मात्रै ओमिक्रोनको नयाँ प्रजाति ‘बीए फाइभ’भेटिएको हो । धुलिखेल अस्पतालले गरेको अनुवांशिक (जिन सिक्वेन्सिङ) परीक्षणमा नयाँ प्रजाति
आफूलाई पार्टीबाट निष्कासन गर्नेलाई वामदेवको जवाफी कारबाही
- 29 minutes ago
काठमाडौँ। नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफूलाई पार्टीबाट निष्कासित गरेको भन्दै विज्ञप्ति निकाल्ने पाँचजनालाई जवाफी कारबाही गरेका छन्। शनिबार बसेको पार्टीको सचिवालय बैठकले सचिवालय
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।