टिका लगाउन कुर्सी बोकेर हिडेकोले घुँडा टेक्नै परेनः माग्ने बुढा
- बिहीबार, ८ कार्तिक, २०७५
- 4 years ago
- कला र मनोरञ्जन
काठमाडौं । बुधबारबाट यस वर्षको दसैं सकिए पनि दसैंमा राष्ट्रपति विद्या भण्डारीले बहालवाला र पूर्वविशिष्ट पदाधिकारीलाई टिका लगाइदिएको तस्बिरको चर्चा अझै पनि भइरहेको छ ।
राष्ट्रपतिको अगाडी घुँडा टेकेर टिका थापेको फोटोहरु बाहिर आएपछि धेरैले यसको सकारात्क तथा नकारात्मक तरिकाले टिकाटिप्पणी गरे । पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलगायतले कुर्सीमा बसेकी राष्ट्रपति भण्डारीसँग घुँडा टेकेर वा झुकेर टीका लगाएका तस्बिर देखिए ।
यसरी दसैं सकिए पनि हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले बिहीबार दसैंमा टिका लगाउँदा सबैतिर कुर्सी बोकेर गएको कारणले घुँडा टेक्न नपरेको भन्दै सामाजिक संजाल फेसबुकमा ब्यंग गरेका छन् । उनले फेसबुकमा हालेको तस्बिरमा उनी र उनका श्रीमती प्लाष्टिकको कुर्ची हातमा बोकेको देखिन्छ । फोटोको क्याप्सनमा लेखिएको छ, ‘हामी त दशैँ भरी आफ्नै कुर्सी बोकेर टिका लाउन हिडियो । कतै घुँडा टेक्नै परेन ।’
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्
- 29 minutes ago

नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले शुक्रबार नेपाल–नामीबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडील
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
- 40 minutes ago

काठमाडौँ। बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भ
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने
- 1 hour ago
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।