दुई केन्द्र नयाँ थपियो

Global IME
Mega Bank
Norvic Hospital

स्याङ्जा । स्याङ्जामा यसअघिका निर्वाचनमा मतदान हुँदै आएका दुई मतदानस्थल सारिएको र  दुई नयाँ केन्द्र थपिएको छ । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलसहित जिल्लामा क्रियाशील राजनीतिक दलहरुको संयुक्त बैठकले दुई मतदानस्थल स्थानान्तरण गर्ने र दुई केन्द्र थप गर्ने सहमति भएको स्याङ्जा जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिए।

 

जिल्लामा कूल एकसय ९९ मतदानस्थलमध्ये वालिङ नगरपालिका र बिरुवा गाउँपालिकाका एक÷एक मतदानस्थललाई स्थानान्तरण गरिएको हो । वालिङ नगरपालिका– ८ को बोगटीडाँडामा रहेको मतदानस्थललाई वालिङ ८ कै शिवशक्ति सामुदायिक भवन भीमटारी बगैँचामा सारिएको छ। । बिरुवा १ को जनजागृति आधारभूत विद्यालयमा रहेको मतदानस्थललाई बिरुवा १ कै नवज्योति माध्यमिक विद्यालयमा सारिएको उहाँले जानकारी दिए।

 

भौगोलिक कठिनाईका कारण अपायक, साँघुरो, पुराना भवनलगायत कारणले राजनीतिक दलहरुको सहमति र नयाँ थपिएका मतदानस्थल अवलोकन गर्दा उपयुक्त भएपछि मतदानस्थल सारिएको हो ।

 

“यसअघिका निर्वाचनमा एकसय ९९ मतदानस्थलमा तीन सय १८ वटा मतदान केन्द्रमा मतदान हुन्थ्यो” सूचना अधिकारी  गौतमले  भने, “अहिले दुई वटा नयाँ निर्वाचन केन्द्र थप गरी तीन सय २० वटा पु¥याइएको छ ।”

 

एउटा निर्वाचन केन्द्रमा अधिकतम एक हजार ५० जना पुगेपछि दोस्रो निर्वाचन केन्द्र रहने प्रावधान अनुसार मतदाताको संख्या थपिएसँगै केन्द्र पनि थप गरिएको उहाँले जानकारी दिए । दुई वटा नयाँ मतदान केन्द्र वालिङ ४ को जेठीकन्या आधारभूत विद्यालय र ८ को केदारनाथ मन्दिरमा नयाँ मतदान केन्द्र थपिएको हो । जेठीकन्यामा एउटा थपिएसँगै दुई वटा मतदान केन्द्र भएको छ भने केदारनाथ मन्दिरमा एउटा थपिएसँगै तीन वटा मतदान केन्द्र पुगेको छ ।

 

आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि कूल मतदाता दुई लाख ४४ हजार ८९ छन् । तीमध्ये महिला एक लाख २४ हजार साट ७८, पुरुष एक लाख १९ हजार तीन सय १० र अन्य एकजना रहेका उक्त कार्यालयले जनाएको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

  • 3 hours ago
एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अहिले एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन्। शनिबार र आइतबार बसेको केन्द्रीय पदाधिकारीहरूको अनौपचारिक बै

ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

  • 4 hours ago
ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

काठमाडौँ। ललितपुरको ग्वार्को चोकमा आउँदो शुक्रवारदेखि फ्लाइओभर (आकाशे पुल) निर्माणको काम सुरु हुने भएको छ। बढ्दो जामलाई मध्यनजर गरेर ग्वार्कोमा फ्लाइओभर निर्माण हुन लागेको हो।

पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

  • 4 hours ago
पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहारीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन्।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।