कोरोना महामारीको कारण थलिएको केशलिया बोर्डिङ स्कुल कृषि फार्ममा परिणत

  • बुधबार, ३१ भदौ, २०७७
  • 1 month ago
  • नेपाल

विराटनगर । कोरोनाभाइरस (कोभिड– १९)को महामारीको कारण शिक्षा क्षेत्र सबैभन्दा बढी प्रभावितमध्येको एक क्षेत्र हो । विशेष गरेर यो अवस्थामा निजी विद्यालय तथा कलेजहरुको अवस्था निकै नाजुक बन्दै गइरहेको छ । महामारीकै कारण ‘लकडाउन’ तथा ‘निषेधाज्ञा’ हुँदा लाखौं विद्यार्थीहरु पढाईबाट बन्चित भइरहेका छन् । अझै विशेष गरेर ग्रामिण क्षेत्रमा संचालनमा रहेका निजी विद्यालय तथा कलेज संचालकहरु शैक्षिक संस्था नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताउँदै आएका छन् ।

 

सुनसरीको दुहवी नगरपालिका वडा नं १२ मा २०५५ सालदेखि शिक्षा सेवा प्रदान गर्न थालेको केशलिया इंग्लिस बोर्डिङ स्कुलको अवस्था निकै नाजुक बनेको छ । नगरपालिका भए पनि ग्रामिण क्षेत्रमा पर्ने यो विद्यायलले ‘भर्चुअल’ कक्षा पनि संचालन गर्न सकेको छैन । विद्यार्थीहरु विद्यालयमै आएर पढ्ने वातावरण नभएपछि स्कुलले अनलाइन कक्षा पनि संचालन गर्ने प्रयास गरेको थियो । तर, अभिभावकहरुले विद्यार्थीलाई इन्टरनेट सेवा उपलब्ध गराउन नसक्दा सो प्रयास पनि खेर गएको केशलियाका संस्थापक सुनिल बन्जरा बताउँछन् ।

 

सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका अधिकांश अभिभावक कृषि पेशामा आबद्ध छन् । उनीहरुलाई छोराछोरीहरुले पढ्नुपर्नेबारे ज्ञान भए पनि इन्टरनेट सेवा उपलब्ध गराउन नसक्दा ति विद्यार्थीहरु पढाईबाट बन्चित भएका हुन् । यसबारेमा संचालक बन्जरा भन्छन्, ‘शहरतिरका विद्यालयमा अनलाईन कक्षा संचालन भइरहे पनि ग्रामिण क्षेत्रमा इन्टरनेट तथा बत्ति गइरहने समस्या छ । इन्टनेटको महशुल तिर्नको लागि धेरै अभिभावकहरु आर्थिक रुपले सक्षम पनि हुनुहुन्न सोही कारण अनलाइन कक्षा पनि संचालन गर्न सकिरहेका छैनौं ।’

 

 

उक्त विद्यायल गत वर्षको चैत ५ गतेदेखि नै बन्द छ । अघिल्लो शैक्षिक सत्रको नजिता प्रकाशित भए पनि जारी शैक्षिक सत्रको पढाईहरु भने संचालन हुन सकेका छैनन् । कोरोना महामारी सुरु भएसँगै सरकारले चैत ११ देखि देशभर लकडाउनको घोषणा गरेको थियो । सो समयमा संचालक बञ्जराले केही समयपछि विद्यालय संचालन गर्न सकिने अवस्था आउने अनुमान गरे र दुई महिना कुरे । तर, दुई महिनापछि पनि कोरोना संक्रमणको ‘ग्राफ’ चुलिन थालेपछि भने उनले विद्यालय क्षेत्रलाई कृषि फार्मको रुपमा परिणत गरेका छन् ।

 

अहिले केशलिया बोर्डिङ स्कुलको परिसरमा धान खेती, तरकारी खेती, कुखुरा पालन तथा बाख्रा पालन भइरहेको छ । यसबारेमा संचालक बन्जरा भन्छन्, ‘लकडाउनपछि कोरोनाभाइस नियन्त्रणमा आउने र केही समयपछि नै विद्यार्थीहरु पहिलाजस्तै नियमित रुपमा विद्यालय आउनसक्ने वातावरण बन्ने अपेक्षा थियो । तर, त्यसो भएन कोरोना संक्रमणको ग्राफ चुलिँदै गएपछि विद्यालयमा कहिलेबाट पठनपाठन हुने भन्ने ठेगान भएन सोही कारण मैले विद्यालय परिसरलाई कृषि फार्मको रुपमा परिणत गरें ।’

 

 

उक्त विद्यालय माओवादी जनयुद्धको समयमा पनि संचालन भएको थियो । सो समयमा निजी विद्यालय भएको कारणले गर्दा भूमिगत पक्षबाट बन्द गर्नको लागि पटक–पटक प्रयास भएका थिए । तर, न्युन तथा मध्यम आय भएका परिवारका छोराछोरीलाई न्युन शुल्कमा शिक्षा प्रदान गरेको कारणले विद्यालयले सेवा प्रदान गरिरह्यो । हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाका कारण भने विद्यालय नै बन्द हुने अवस्थामा पुगेको संचालक बन्जराले बताए । त्यस्तै, शिक्षाको ज्योति प्रदान गर्ने शैक्षिक संस्थाहरुको कमजोर अवस्थामा सरकारको आँखा नपुगेको बन्जरा बताउँछन् । उनी भन्छन्, ‘यो महामारीले करोडौंको लगानी गरेर संचालनमा आएको विद्यालय डुब्दैछ । हाम्रो भौतिक संरचनाहरु जिर्ण बन्दैछन् भने विद्यार्थी बोक्ने गाडी पनि मर्मत गर्नको लागि दशौं लाख रुपैयाँ खर्च लाग्ने भइसकेको छ । यस विषम अवस्थाको कारण बन्द हुन लागेका शैक्षिक संस्थाहरुलाई पनि सरकारले राहत दिन सकेन ।’

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कोरोना संक्रमण

  • 8 minutes ago
कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कोरोना संक्रमण

काठमाडौँ । कार्यक्रम प्रस्तोता रवि लामिछाने र उनको श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । यसको जानकारी उनले फेसबुकमार्फत दिएका हुन् ।

पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  • 14 minutes ago
पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ की ३६ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उच

सांसद बस्नेत परिवारका आठजना कोरोना मुक्त, बल्ल लगाइयो दशैँको टीका

  • 32 minutes ago
सांसद बस्नेत परिवारका आठजना कोरोना मुक्त, बल्ल लगाइयो दशैँको टीका

काठमाडौँ । विजयादशमीका दिन सबैले आ–आफ्नो परिवारमा निधारमा टीका र शिरमा जमरा लगाउँदै आर्शिवाद लिनमा व्यस्त थिए । तर भक्तपुरको विकासमा अग्रणी भूमिका खेल्दै आएका सङ्घीय सांसद एंव पूर्वमन्त्री महेश बस्नेत



पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।