खगेन्द्र संग्रौलाको अनुवाद रहेको ‘सत्ता र सत्य’ सार्वजनिक

काठमाडौँ। लेखक खगेन्द्र संग्रौलाले अनुवाद गरेको नयाँ पुस्तक ‘सत्ता र सत्य’ सार्वजनिक भएको छ । यो पुस्तकलाई श्रव्य–दृश्यमार्फत सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको हो ।

 

यो पुस्तकमा अमेरिकी लेखक मेरी डेसनले छनोट गरेका विश्वविख्यात आठ चिन्तकका ११ वटा दार्शनिक निबन्ध छन् । जसलाई संग्रौलाले नेपालीमा अनुवाद गरेका छन् ।

 

पुस्तकबारे अनुवादक संग्रौलाले भने, ‘यो पुस्तक आजको विश्व पुँजीवादको आलोचना हो र विश्व पुँजीवाद न मानवजातिका लागि कल्याणकारी भयो, न प्रकृतिका लागि कल्याकारी भयो, न मानिस र प्रकृतिको सम्बन्धलाई सन्तुलित रूपमा यसले कायम राख्न सक्यो,’ उनले अगाडि थपे, ‘त्यसैले यो पुस्तकले विश्व व्यवस्थाको विकल्पको परिकल्पना गर्छ । यद्यपि, सबै विद्वान्ले समाजवादको मुखर रूपमा वकालत नगरे पनि तर प्रकारान्तरले अबको विश्व जाने भनेको समाजवादमा हो ।’

 

संग्रहमा विलियम मोरिस, आन्टोनियो ग्राम्स्की, अल्बर्ट आइन्सटाइन, बर्टोल्ट ब्रेख्त, विलियम हिन्टन, इडुआर्दो ग्यालिआनो, हवार्ड जिन, एडवर्ड डब्लू सइदका प्रसिद्ध विचारप्रधान निबन्ध छन् ।

 

यो पुस्तकलाई अनुवाद गर्न १५ वर्षको समय लागेको संग्रौलाले बताएका छन् । उनका अनुसार यस पुस्तकले लोक कल्याणकारी सत्यको पक्षमा उभिएर सत्तासँग विमर्श गर्छ, सत्तासँग प्रतिवाद गर्छ, सत्ताको प्रतिरोध गर्छ, नयाँ जीवन प्रणालीको परिकल्पना गर्छ ।

 

 

पुस्तकलाई बुकहिल पब्लिकेसनले प्रकाशन गरेको हो । यसको मूल्य ५ सय रुपैयाँ राखिएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सांसद बस्नेत परिवारका आठजना कोरोना मुक्त, बल्ल लगाइयो दशैँको टीका

  • 14 minutes ago
सांसद बस्नेत परिवारका आठजना कोरोना मुक्त, बल्ल लगाइयो दशैँको टीका

काठमाडौँ । विजयादशमीका दिन सबैले आ–आफ्नो परिवारमा निधारमा टीका र शिरमा जमरा लगाउँदै आर्शिवाद लिनमा व्यस्त थिए । तर भक्तपुरको विकासमा अग्रणी भूमिका खेल्दै आएका सङ्घीय सांसद एंव पूर्वमन्त्री महेश बस्नेत

मानहुँकोट

  • 44 minutes ago
मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन

  • 48 minutes ago
विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन

कालीगण्डकी । कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कातिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ ।



पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।