‘खल्ती’मा एनसीसी बैंक लिंक गर्दा १०० बोनस र स्मार्टफोन

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • सोमबार, ९ जेष्ठ, २०७९
  • 1 month ago
  • अर्थ

काठमाडौँ। खल्तीले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड (एनसीसी बैंक) सँग सहकार्य गरी बैंक लिंक सुविधा ल्याएको छ। यस सुविधा सुचारु भए लगत्तै खल्ती प्रयोगकर्ताहरूले एनसीसी बैंक लिमिटेड खाता खल्तीमा सजिलै लिंक गर्न सक्नेछन्। 

 

पहिलो पटक आफ्नो एनसीसी बैंक लिमिटेड खाता खल्तीमा लिंक गर्दा तत्काल रु. १०० बोनस र एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका पाउनेछन्। त्यति मात्र नभएर, एनसीसी बैंक लिमिटेडले अब खल्तीसँग बैंक लोड र बैंक ट्रान्सफर सेवा पनि उपलब्ध भएको छ। यी सेवाहरू मार्फत प्रयोगकर्ताहरूले एनसीसी बैंक लिमिटेडको इबैङ्किङ र एमब्याङ्किङ प्रयोग गरी खल्तीबाट सजिलैसँग पैसा पठाउन र झिक्न सक्नेछन्।

 

आफ्नो एनसीसी बैंक लिमिटेड खाता खल्तीमा पहिलो पटक लिङ्क गर्ने कुनै पनि प्रयोगकर्ताका लागि बोनस र स्मार्टफोन दुबै लागू हुनेछ। बैंक लिङ्क गर्न, प्रयोगकर्ताले आफ्नो केवाईसी प्रमाणित गरेको हुनुपर्छ।

 

साथै, एनसीसी बैंक वा खल्तीमा उपलब्ध अन्य कुनै पनि बैंकलाई पहिलो पटक लिङ्क गर्न रिफर गर्ने  जो कोहीले पनि बैंक रेफरलमा रु.५० प्राप्त गर्न योग्य हुनेछन्। बैंक लिङ्क सेवाले प्रयोगकर्ताहरूलाई वालेट लोड नगरी सजिलै पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व, टिकट बुकिङ, स्क्यान र भुक्तानी, र अन्य उपलब्ध सेवाहरू जस्ता प्रत्यक्ष बिल भुक्तानी गर्न सकिन्छ। 

 

यी सेवाका साथै अफरको बारेमा ’खल्ती’ डिजिटल वालेटका प्रमुख कार्यकारी निर्देशक बिनय खड्का भन्छन्, ‘खल्ती र एनसीसी बैंकका प्रयोगकर्ताहरूले यस सेवाबाट धेरै लाभान्वित हुनेमा हामी विश्वस्त छौं। एकपछि अर्को गर्दै, हामी प्रत्येक बैंक–सम्बद्ध प्रयोगकर्तालाई यो सेवा उपलब्ध गराएर डिजिटल भुक्तानीलाई सरल र सहज बनाउने लक्ष्य राख्नेछौं।’

 

नेपाल क्रेडिट एण्ड कमर्शियल बैंक लिमिटेडसँगै २० वटा भन्दा बढी बैंकलाई खल्तीसँग जोड्न सकिन्छ। ‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो। २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६००००+ सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

डर, धाक धम्की देखाई रकम माग गर्ने २ जना पक्राउ

  • 16 minutes ago
डर, धाक धम्की देखाई रकम माग गर्ने २ जना पक्राउ

मोरङ। मोरङबाट डर, धाक धम्की देखाई रकम माग गर्ने २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले डर, धाक धम्की देखाई रकम माग गर्ने २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको पथरीशनिश्च

फेरि कोरोना संक्रमणको दर बढ्न थाल्यो

  • 24 minutes ago
फेरि कोरोना संक्रमणको दर बढ्न थाल्यो

काठमाडौँ। नेपालमा फेरी कोरोना संक्रमणको दर बढ्न थालेको छ। आइतबार मात्रै ओमिक्रोनको नयाँ प्रजाति ‘बीए फाइभ’भेटिएको हो । धुलिखेल अस्पतालले गरेको अनुवांशिक (जिन सिक्वेन्सिङ) परीक्षणमा नयाँ प्रजाति

आफूलाई पार्टीबाट निष्कासन गर्नेलाई वामदेवको जवाफी कारबाही

  • 31 minutes ago
आफूलाई पार्टीबाट निष्कासन गर्नेलाई वामदेवको जवाफी कारबाही

काठमाडौँ। नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफूलाई पार्टीबाट निष्कासित गरेको भन्दै विज्ञप्ति निकाल्ने पाँचजनालाई जवाफी कारबाही गरेका छन्। शनिबार बसेको पार्टीको सचिवालय बैठकले सचिवालय



पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।