Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठस्वास्थ्यखैरहनी नगरपालिकाले ल्यायो गर्भवतीलाई परीक्षणदेखि एम्बुलेन्ससम्मको निःशुल्क सेवा

खैरहनी नगरपालिकाले ल्यायो गर्भवतीलाई परीक्षणदेखि एम्बुलेन्ससम्मको निःशुल्क सेवा


चितवन । खैरहनी नगरपालिकाले गर्भवतीलाई विभिन्न परीक्षणसहित निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । खैरहनी नगरपालिकाभित्र स्थायीरुपमा बसोबास गर्ने गर्भवतीले निश्चित किसिमको रक्त परीक्षण, भिडियो एक्सरे सेवा र अत्यावश्यक अवस्थामा एम्बुलेन्स सेवा निःशुल्क प्राप्त गर्ने भएका हुन् ।

नगरपालिकाले ‘उप(प्रमुखसँग गर्भवती तथा सुत्केरी स्याहार’ कार्यक्रममार्फत यस्तो सुविधाको उपलब्ध गराएको हो । नगर प्रमुख शशीकुमार खनियाले उपप्रमुखसँग गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रम मातृ तथा नवजात शिशु मृत्यु दरलाई घटाउन महत्वपूर्ण हुनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रमको सफलता र निरन्तरताका लागि कर्मचारीलगायत सरोकारवाला सबै पक्षको साथ, सहयोग र समन्वय आवश्यक हुने बताउँदै नगर उहाँले आमाहरूको स्वास्थ्य र सुरक्षामा यो सेवा कोसेढुङ्गा सावित हुने बताए ।

नगरउपप्रमुख कविता उप्रेतीले गर्भवतीको स्वास्थ्य र सुरक्षित मातृत्वका लागि नगरपालिकाले प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरेको बताइन् । गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रमलाई नगरपालिकाको वार्षिक कार्यक्रममा समेटेर कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ । नगरपालिका बजेटमा नै व्यवस्था गरेर कार्यक्रम अघि बढाएको हो । रासस

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु

चितवन । सबैतिर दसैँको टीका लगाइरहँदा यहाँको भरतपुर अस्पतालमा २० शिशुको जन्म भएको छ। प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई

प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने

नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’

काठमाडौँ । दसैँमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ । महानगर प्रहरी

स्तन क्यान्सरको बहिरङ्ग सेवा निः शुल्क

चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटमा स्तन क्यान्सरको परीक्षण निः शुल्क गरिएको छ ।

धौलागिरि अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु

बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ । गत साउनमा आवश्यक उपकरण भित्रिएपछि जनशक्ति व्यवस्थापन गरी

बेनी अस्पतालः ‘बेड’ थपियो, थपिएन जनशक्ति

म्याग्दी । म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ । क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति

Techie IT