प्रेमीले युवती अपहरण गरेपछि...
- बिहीबार, ७ आषाढ, २०७५
- 4 years ago
- समाचार

काठमाडौं । वीरगन्ज महानगरपालिका–७ कुम्हाल टोलकी २३ वर्षीया युवती नेहा कर्ण अपहरणमा परेको ११ दिन बितिसक्दा पनि भेटिएकी छैनन्। नेहाको खोजीमा प्रहरीले चासो नदेखाएको उनका अभिभावकले गुनासो गरेका छन्।
गत जेठ २७ मा आमा रुबीसँग रक्सौलबाट रेलमा दरभंगा जाँदै गरेका बेला रेलबाटै नेहा अपहरणमा परेकी हुन्। नेहालाई छिमेककै युवा महम्मद फारुखले अपहरण गरेको नेहाका अभिभावकको आरोप छ। नेहासँग जबरजस्ती बिहे गर्नका लागि फारुखले उनलाई अपहरण गरेर लगेको नेहाका मामा विजय कर्णले बताए।
‘नेहालाई फारुखले एकोहोरो मन पराउँथ्यो, छिमेकमै भएका कारण घरमा पनि आउजाउ गथ्र्यो’, नेहाका मामा विजयले भने ,‘तर नेहाले उसलाई मन पराउँदैनथी। ऊ भने एकोहोरो नेहासँग नजिक हुन खोज्थ्यो।’
नेहा अपरहणबारे उजुरी दिएको एक साता बितिसक्दा पनि जिल्ला प्रहरीले खासै चासो नदेखाएको नेहाका मामा विजयले गुनासो गरे।
प्रहरीले फारुखको मोबाइल कल डिटेल निकाल्न तीन–चार दिन लाग्ने अनि मात्रै अनुसन्धान अगाडि बढ्ने जनाएको विजयले बताए।
जसले एकतर्फी प्रेम गथ्र्यो, उसले अपरहण गरेको अभिभावकको आरोप
उनका अनुसार नेहा बेपत्ता भएको तेस्रो दिन फारुखले मोबाइलबाट फोन गरेर नेहा आफूसँगै रहेको खबर गरेका थिए। फारुखले नेहालाई लिन पर्साको पोखरिया नजिकको गाँउमा आउन भनेका थिए। फोनमा नेहाले पनि कुरा गरेको उनले बताए।
जेठ ३० मा फारुखले भनेको पोखरियामा रहेको लुम्बिनी विकास बैंक नजिक जाँदा मोटरसाइकलमा अर्का एक युवासँगै रहेका फारुख आफूहरूलाई देख्ने बित्तिक्कै भागेको पनि विजयले सुनाए।
‘हामीलाई देख्ने बित्तिक्कै फारुख मोटसाइकलमा फरार भयो’, विजयले भने ,‘त्यसलगत्तै उनको मोबाइल बन्द भयो, अहिलेसम्म मोबाइल खुलेको छैन।’
यसैबीच ११ दिनदेखि अपहरणमा परेकी नेहाको उद्धारका लागि प्रहरीलाई दबाब दिन बुधबार वीरगन्जमा प्रदर्शन गरिएको छ।
पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने नेहाको खोजीका लागि प्रहरी लागिरहेको बताए। प्रहरी उपरीक्षक ढकालले भने, ‘पोखरिया क्षेत्रमा सादा पोशाकमा प्रहरी परिचालन गरेका छौं, अन्य शंकास्पद ठाँउमा पनि खोजी भइरहेको छ।’ अन्नपूर्ण पोस्ट्बाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सत्ता गठबन्धनको बैठक बस्दै
- 50 minutes ago

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक
आज चैते दशैँ पर्व मनाइँदै
- 1 hour ago

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
- 2 hours ago

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।