तपाईका यी बानीले किड्नी खराब बनाउँछ

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

 

किड्नी सम्बन्धी रोग र किड्नी फेल हुने समस्या पूरै विश्वमा तेजीसाथ फैलिएको छ । हरेक वर्ष १ लाख भन्दा बढी मानिसहरुको किड्नी फेल भएर मृत्यु हुने गरेको छ । यस्तोमा किड्नीको रोग देखा पर्नासाथै डायलिसिस गरिहाल्नुपर्छ । यदि रोग अत्याधिक बढेर गम्भीर अवस्थामा पुगेमा किड्नी प्रत्यारोपण गर्नुपर्ने हुन्छ । यसको मुख्य कारण तपाईको पानी कम पिउने बानी पनि हो । पानी कम मात्रामा पिउने व्यक्तिलाई किड्नी सम्बन्धी रोग लाग्ने सम्भावना अत्याधिक हुन्छ । पानी कम पिउँदा मूत्रनलीमा संक्रमण हुने खतरा अधिक हुन्छ । जसले पोषक तत्वहरु मूत्रनलीमा पुगेर पिसाबलाई थुन्न सक्छ । साथै यसका कारण किड्नीमा स्टोन हुने खतरा समेत बढेर जान्छ । त्यसैकारण दिनमा कमसेकम २ लिटर पानी अनिवार्य पिउने गर्नुपर्छ ।

 

अत्याधिक धुम्रपान एवम् तम्बाकूको सेवन गर्ने बानीका कारण कतिपय मानिसलाई फोक्सोसम्बन्धी गम्भीर रोग लागेको हुन्छ । यसका कारण ऐथेरोस्कलेरोसिस रोग पनि लाग्न सक्छ जसले रक्त नलीमा रगतको बहावलाई ढिलो पारिदिन्छ र यसका कारण किड्नीमा कम रगत जाने हुन्छ । यसले किड्नीको कार्यक्षमता घटाउँछ । यसैकारण धुम्रपान र तम्बाकू सेवन गर्नु किड्नीका लागि पटक्कै राम्रो होइन ।

 

रातभरिमा पिसाबथैलीभरि पिसाब जम्मा भएको हुन्छ जसलाई उठ्ने बितिक्कै खाली गर्न जरुरी छ । तर पनि कतिपय मान्छेहरु अल्छी गर्ने बानी भएका कारण उठ्न अल्छी गरेर पिसाब नफेरि बस्ने गर्छन् । धेरै समयसम्म त्यसरी पिसाब रोकेर राख्दा यसले भविष्यमा किड्नीमा ठूलो समस्या देखा पर्ने खतरा हुन्छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

यी बलिउड अभिनेत्रीहरु फसेका थिए रक्सी तथा चुरोटको लतमा

  • 7 minutes ago
यी बलिउड अभिनेत्रीहरु फसेका थिए रक्सी तथा चुरोटको लतमा

एजेन्सी । फिल्मी क्षेत्रमा सधै सफलताको शिखरमा बसिरहन सकिदैन । तर केही बलिउड अभिनेत्रीहरु यो यथार्थतालाई स्विकार्न सक्दैनन र विभिन्न लतको शिकार हुने गर्छन् ।

यो पढेपछि रिसाउन छोड्नु हुनेछ

  • 20 minutes ago
यो पढेपछि रिसाउन छोड्नु हुनेछ

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।

गरूण पुराणका अनुसार मृत्यु पश्चात १३ दिनसम्म आत्म कहाँ रहन्छ ?

  • 31 minutes ago
गरूण पुराणका अनुसार मृत्यु पश्चात १३ दिनसम्म आत्म कहाँ रहन्छ ?

एजेन्सी । गरुड पुराण वैष्णव सम्प्रदायसँग सम्बन्धित रहेको छ । यस पुराणका अनुसार सनातन धर्ममा मृत्यु पश्चात सद्रति कसरी मिल्यो ? मृत्यु पश्चात के हुन्छ ? यी कुराहरुबारे यस ग्रन्थमा चर्चा गरिएको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

गरूण पुराणका अनुसार मृत्यु पश्चात १३ दिनसम्म आत्म कहाँ रहन्छ ?

गरूण पुराणका अनुसार मृत्यु पश्चात १३ दिनसम्म आत्म कहाँ रहन्छ ?

एजेन्सी । गरुड पुराण वैष्णव सम्प्रदायसँग सम्बन्धित रहेको छ । यस पुराणका अनुसार सनातन धर्ममा मृत्यु पश्चात सद्रति कसरी मिल्यो ? मृत्यु पश्चात के हुन्छ ? यी कुराहरुबारे यस ग्रन्थमा चर्चा गरिएको छ ।