आतङ्ककारी आक्रमणमा २ सय ४० जनाको मृत्यु
- मंगलबार, १६ असोज, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

काबुल । अफगानिस्तानमा सेप्टेम्बर महिनामा भएका आतङ्ककारी आक्रमणहरुमा परी करिब २ सय ४० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३ सय ५० जना घाइते भएका एक मानवअधिकारवादी समूहले मङ्गलबार जानकारी दिएको छ ।
अफगानिस्तानका ३४ प्रान्तमध्ये २० ओटामा भएको आतङ्ककारी आक्रमणमा ठूलो नागरिक हताहत भएको मानवअधिकारवादी समूह सिपिएजीद्वारा जारी एक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको मुहमद दारा जिल्लामा सेप्टेम्बर ११ मा एक विरोध प्रदर्शनलाई लक्षित गरी गरिएको आत्मघाती आक्रमणमा परी कम्तीमा ६८ व्यक्तिको मृत्यु हुनको साथै १६५ घाइते भएका थिए ।
अफगानिस्तानका विभिन्न १२ प्रान्तमा गत महिना अफगान र विदेशी सैन्य बलले गरेको हवाई तथा स्थल कारबाहीमा परी करिब १ सय २३ व्यक्ति हताहत भएका थिए । त्यसैगरी आतङ्ककारी आक्रमणहरुमा परी कम्तीमा १०३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका सिपिएजीले जानकारी दिएको छ ।
सिपिएजीले सर्वसाधारण नागरिकको ज्यान जानेगरी रात्री समयमा हुने सुरक्षा कारबाहीलाई रोक्न पनि जारी विज्ञप्तिमा अपिल गरेको छ ।
गत अगस्ट महिनामा अफगानिस्तान भरमा भएका आतङ्ककारी आक्रमणहरुमा २६२ व्यक्तिको मृत्यु हुनको साथै अन्य ५२४ घाइते भएका सिसिएजिद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 10 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 10 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।