एक सिरियल किलर- जसले अरुको हत्या गर्नुपूर्व कालीको मन्त्र जप गर्थे !

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

नयाँ दिल्ली । भारतको हरियाणाबाट प्रहरीको फन्दामा परेका एक सिरियल किलरले सबैलाई चकित पार्ने कुराको खुलासा गरेका छन् । सो सिरियल किलरको नाम जगतार सिंह हो । सिरियल किलर सिंहले पछिल्लो २१ वर्षदेखि अपराध गर्दै आएको बताएका छन् ।

 

सिंहले हरियाणा, दिल्ली र पञ्जाबमा ६ जनाको हत्या गरेका छन्, भने ६०० भन्दा बढी लुटपाट गरेको खुलासा भएको छ । तर यो कुराले सबैलाई चकित पार्छ कि प्रत्येक हत्या, लुटपाट गर्नुपूर्व सिंहले कालीको मन्त्र जप गर्थे । लुटपाट, चोरी, डकैती र अरुको हत्या गरिसकेपछि पनि उनलाई केही नहोस भन्ने उदेश्यका साथ सिंहले कालीको मन्त्र जप गर्ने गरेको बताएका छन् ।

 

सिंहले बताए अनुसार उनले १९९७ मा पहिलो पटक चोरी गरेका थिए । त्यस्तै २००५ मा सिंहले कुरुक्षेत्रमा पहिलो पटक हत्या गरेका थिए । त्यसपश्चात लगातार सन् २००८मा पञ्जाबको संगरुरमा, २०११ मा सुरतमा, कुरुक्षेत्रमा दोस्रो पटक २०१५ र २०१६ मा पलवल र नरेलामा हत्या गरिसकेका छन् ।

 

प्रहरीका अनुसार आरोपित सिंहले सुरु सुरुमा एक्लै हिँडिरहेकालाई लुट्ने र स्नेचिङ गर्ने उदेश्यका साथ रोक्थे । साथै हतियार देखाउँदै धम्क्याएर नगद र अन्य बहुमूल्य मासान लुट्ने गर्थे । कसैले उनको विरोध गरेमा हत्या गरिदिन्थे ।

 

यसरी चोरी, डकैती, लुटपाट र हत्या गरिसकेपछि सिंहले आफ्नो लोकेशन परिवर्तन गर्ने गर्दथे । अनुसन्धान गर्दै क्रममा आरोपित सिंह कुरुक्षेत्रका बासिन्दा भएको खुलासा भएको छ । 

 

सिंह यो भन्दा पहिल्यै पनि हरियाणा, उत्तर प्रदेश लगाएतका अन्य ठाउँबाट प्रहरीको फन्दामा परिसकेका थिए, तर उनी जेलबाट सजिलै छुट्दै आएका थिए ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

  • 55 minutes ago
स्याङ्जामा  धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

चितवनका ५० हजार परिवार बाढीको जोखिममा

  • 1 hour ago
चितवनका ५० हजार परिवार बाढीको जोखिममा

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

  • 1 hour ago
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।