'म वार्ता सफल पार्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु'

Global IME
Mega Bank
Norvic Hospital

हनोइ, भियतनाम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर सम्मेलनले सकारात्मक नतिजा निकाल्ने आफ्नो विश्वास रहेको उत्तर कोरियाली नेता किम जोङ उनले बताएका छन् । 

 

दुई नेताबीच भियतनामको राजधानी हनोइमा बुधबार भएको भेटमा किमले ट्रम्पलाई भने, “म विश्वस्त छु कि सम्मेलनबाट विशिष्ट परिणाम प्राप्त हुनेछ, जसलाई सबैले स्वागत गर्नेछन् ।” 

“म वार्ता सफल पार्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु,” किमले भने । 

 

अमेरिकी राष्ट्रपति ट्रम्प र नेता किम हनोइस्थित सोफिटेल मेट्रोपोल होटेलमा एकआपसमा करिब २० मिनेट कुराकानी भएको थियो । त्यसपछि उनीहरू आफ्ना निकट सहयोगीका साथ सोही होटेलमा हल्का भोजमा सहभागी बनेका थिए । 

 

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेताबीच गत बर्षको जुनमा पहिलो पटक भेट भएको थियो । उक्त भेटमा नेता किमले कोरियाली प्रायद्वीपलाई आणविक हतियारबाट स्वतन्त्र बनाउने बिषयमा हस्ताक्षर गरेका थिए । तर वार्तापछि लामो समयसम्म उत्तर कोरिया र अमेरिकाबीच औपचारिक छलफल हुन सकेको थिएन । 

 

“हामी पुनः वार्ताका लागि हनोइ आएका छौँ,” किमले थपे । मलाई लाग्छ थप विचारकासाथ अघि बढ्ने समय आएको छ । “हामीले यस घडीमा धैर्य बन्दै उत्कृष्ट सोचविचारसहित अघि बढ्ने प्रयास गर्नुपर्छ ।” 

 

दुई नेताबीच कुराकानी हुनु पहिले उनीहरूले हार्दिकतासाथ हात मिलाएका थिए । उनीहरू बिहीबार पुनः भेट्ने र बिस्तृत छलफल हुनेछ । 

 

 

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

  • 3 hours ago
एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अहिले एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन्। शनिबार र आइतबार बसेको केन्द्रीय पदाधिकारीहरूको अनौपचारिक बै

ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

  • 4 hours ago
ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

काठमाडौँ। ललितपुरको ग्वार्को चोकमा आउँदो शुक्रवारदेखि फ्लाइओभर (आकाशे पुल) निर्माणको काम सुरु हुने भएको छ। बढ्दो जामलाई मध्यनजर गरेर ग्वार्कोमा फ्लाइओभर निर्माण हुन लागेको हो।

पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

  • 4 hours ago
पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहारीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन्।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।