प्योङयाङमा अमेरिकी कुटनीतिक कार्यालय खोल्न किम सहमत, वार्ता जारी

Global IME
Mega Bank
Norvic Hospital

हनोई । उत्तर कोरियाका नेता किम जोङ अन प्योङयाङमा अमेरिकी स्थायी कुटनीतिक नियोग खोल्न सकारात्मक रहेको बताएका छन् । नेता किमले अमेरिकाले प्योङयाङमा सम्पर्क कार्यालय खोले आफूले त्यसलाई स्वागत गर्ने बताए । 

 

कोरियाली युद्धका कारण एकअर्काका विरोधी देखिएका उत्तर कोरिया र अमेरिकाबीच रहेको विगतको तिक्ततापूर्ण कुटनीतिक सम्बन्धलाई सामान्यीकरण गर्न कोरियाली नेताको यो प्रारम्भिक कदम हो । 

 

हनोई सम्मेलनको दोस्रो दिन जारी वार्ताकै क्रममा नेता किमले पत्रकारहरुसँग कुरा गर्दै भनेः “मेरो विचारमा यो निकै स्वागतयोग्य कदम हो ।” 

 

उत्तर कोरियाली नेताको प्रस्तावप्रति राष्ट्रपति ट्रम्पले भने, किमले अगाडि सारेको यो प्रस्ताव निकै ठूलो कुरा हो । 

 

आठ महिनापछि भएको राष्ट्रपति ट्रम्प र नेता किमबीचको दोस्रो शिखर बैठक भियतनामको हनोईमा जारी छ । विशेषज्ञहरुले यस पटकको वार्तामा उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका विषयमा ठोस सहमति हुने अपेक्षा गरेका छन् । 

 

हनोईमा औपचारिक वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले आफू अहिल्यै कुनै सम्झौतामा पुग्न हतार नगर्ने स्पष्ट गरे । उनले उत्तर कोरियाले क्षेप्यास्त्र र आणविक परीक्षणलाई निरन्तरता दिँदासम्म आफूलाई कुनै सम्झौता गर्न हतार नरहेको बताए । 

 

“मलाई आजै केही भन्नु छैन, र त्यति हतार पनि छैन, तर अध्यक्ष किम र उत्तर कोरियासँग कुनै ठोस सहमति हुने अपेक्षा छ । त्यसपछि केही विस्तारमै भनौंला,” राष्ट्रपति ट्रम्पले भने । 

 

राष्ट्रपति ट्रम्पले कमजोर स्थितिमा पुगेको उत्तर कोरियाले आणविक निःशस्त्रीकरणमा सहमति जनाए उत्तर कोरिया आर्थिक रुपमा सशक्त मुलुक हुने दाबी गरे । 

 

उत्तर कोरियाली नेता किमले आणविक निःशस्त्रीकरणका लागि तयार नभएको भए ट्रम्पसँग वार्ता गर्नु जरुरी नै थिएन भन्दै ठोस सहमतिका निम्ति विस्तृत छलफल जारी रहेको बताए । 

 

उत्तर कोरियाले संयुक्तराज्य अमेरिकाको अगुवाईमा लागेका प्रतिबन्धहरु फुकुवा होस् भन्ने चाहेको छ । 

 

नेता किमले पत्रकारहरुसँग भने, दुई नेताबीच भइरहेको वार्ताप्रति मानिसहरुले सन्देह राखेका छन् तर बैठकमा महत्वपूर्ण, राम्रो नतिजा आउनेमा म ढुक्क छु । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

  • 3 hours ago
एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अहिले एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन्। शनिबार र आइतबार बसेको केन्द्रीय पदाधिकारीहरूको अनौपचारिक बै

ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

  • 3 hours ago
ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

काठमाडौँ। ललितपुरको ग्वार्को चोकमा आउँदो शुक्रवारदेखि फ्लाइओभर (आकाशे पुल) निर्माणको काम सुरु हुने भएको छ। बढ्दो जामलाई मध्यनजर गरेर ग्वार्कोमा फ्लाइओभर निर्माण हुन लागेको हो।

पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

  • 4 hours ago
पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहारीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन्।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।