निःशस्त्रीकरणप्रति किमको थप प्रतिबद्धता, सिओल भ्रमण गर्ने किमको इच्छा

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

उत्तर कोरियाली नेता कीम जोङ–उनले आणविक निःशस्त्रीकरणका लागि थप कदम चाल्न बुधबार सहमति जनाएका छन् । यो घोषणासँगै केही समयदेखि रोकिएको संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको वार्ता पुनः शुरु हुने सम्भावना बढेको छ । 

 

प्योङयाङमा आयोजित उत्तर कोरियाली नेता कीम र दक्षिण कोरियाका राष्ट्रपति मून जाए–उन बीचको ऐतिहासिक द्विपक्षीय वार्तामा उक्त सहमति भएको हो । दक्षिण कोरियाली राष्ट्रपति तीन दिने भ्रमणका क्रममा हाल उत्तर कोरियामा छन् । 

 

“उत्तर कोरियाले दोङचाङ–री क्षेप्यास्त्र परीक्षण केन्द्र र क्षेप्यास्त्र प्रक्षेपण केन्द्र दुबै देशका विज्ञहरुको सहभागितामा सधैंका लागि बन्द गर्न सहमति जनाएको छ,” कीमसँगै आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति मूनले बताए । उक्त पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण सिओलमा पनि गरिएको थियो । 

 

उत्तर कोरियाले योङवियोन आणविक केन्द्र पनि स्थायी रुपमै बन्द गर्नेजस्ता थप कदमहरु पनि चाल्ने सहमति जनाएको छ, तर त्यसका लागि अमेरिकाले आफ्ना नीतिहरुमा सामयिक पुनरावलोकन गर्नु पर्दछ, राष्ट्रपति मूनले बताए । 

 

उनले भने, “दक्षिण र उत्तर कोरियाले पहिलो पटक आणविक निःशस्त्रीकरणका बारेमा छलफल गरेका छन् ।” 

 

कीमले आफू र मूनले सबै किसिमका आणविक हातहतियार त्याग्ने तथा कोरियाली द्वीपमा रहेको आणविक त्रास हटाउने प्रतिबद्धता जनाएको बताए । 

 

“यो घोषणाले दुबै देशबीचको सम्बन्धमा सुधार ल्याउन उच्चस्तरको मार्गप्रशस्त गरेको छ, र यसले शान्ति र समृद्धिको ढोका खोल्न हामीलाई नजिक ल्याएको छ,” प्योङयाङ सम्झौतामा हस्ताक्षर गर्दै कीमले बताए । 

 

संयुक्त घोषणापत्रमा आणविक निःशस्त्रीकरणका सम्बन्धमा उत्तर कोरियाले प्रतिबद्धता जनाएको छ । 

 

प्योङयाङको तीन दिने भ्रमणको पूर्वसन्ध्यामा दक्षिण कोरियाली राष्ट्रपति मूनले अमेरिका र उत्तर कोरियाबीचको अबरुद्ध वार्ता पुनः शुरु गराउन पहल गर्ने बताएका थिए । संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति मूनले भने, “उत्तर कोरिया र अमेरिकाबीचको वार्ता पुनः शुरु हुने मैले विश्वास लिएको छु ।” 

 

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दैै अन्तर–कोरिया शिखर बैठकमा भएका सहमति स्वागतयोग्य रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले लेख्नुभएको छ, “कीम जोङ उनले आणविक सुपरीवेक्षणका लागि अनुमति दिन सहमति जनाउनु भएको छ, र अन्तर्राष्ट्रिय विज्ञहरुको उपस्थितिमा एउटा आणविक परीक्षण केन्द्र र क्षेप्यास्त्र प्रहार केन्द्र सधैंका लागि बन्द गर्न राजी हुनुभएको छ ।” 

 

संयुक्तराज्य अमेरिकाले उत्तर कोरियासँग रहेका आणविक हातहतियारको सूची उपलब्ध गराउन र आणविक केन्द्रहरुको निरीक्षण गर्न माग गरिआएको छ । 

 

तर उत्तर कोरियाले अमेरिकी मागलाई अस्वीकार गरिरहेको छ । यहीकारण दुबै देशबीचको वार्ता केही समयदेखि अबरुद्ध छ । 

 

दक्षिण कोरियाली राष्ट्रपतिका सुरक्षा सल्लाहकारले भने हाल दुबै मुलुकबीच भएको सहमतिले अमेरिका र उत्तर कोरियाबीच वार्ताको ढोका खेल्ने विश्वास व्यक्त गरे । 

 

दुबै नेताबीच उत्तर र दक्षिण कोरियाले आपसी सहयोगका क्षेत्रहरुलाई अझ फराकिलो बनाउने सहमति पनि भएको छ । 

 

राष्ट्रपति मून बिहीबार स्वदेश फर्कनेछन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ गतेदेखि हुने

  • 1 hour ago
सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ गतेदेखि हुने

काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई)रोजगार तथा सीप मेला २०७९ कात्तिक १७ गतेदेखि गर्ने भएको छ। मंगलबार सीएनआईले पत्रकार सम्मेलन गर्दै उक्त मेला गर्न लागेको जानकारी दिएको हो। उक्त कार्यक्रम काठमाडौँस्

देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा

  • 1 hour ago
देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादवले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। भट्टराई र यादवले मंगलबार देउवासँग बा

कांग्रेसले पार्टीका स्थानीय जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्ने

  • 1 hour ago
कांग्रेसले पार्टीका स्थानीय जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि बधाईरशुभकामना तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।



पर्यटन

‘जहाँ महादेव विराजमान रहन्छन्’

‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।

जीवनशैली

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

“हो हो हो...शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”

विचित्र विश्व

रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धमा ८० हजारभन्दा बढी रुसी सैनिक मारिएको वा घाइते भएको बताइएको छ । एपीको रिपोर्ट अनुसार पेन्टागनमा रहेका अमेरिकी अधिकारीहरूले सोमबार अनुमान गरेका छन् कि फेब्रुअरीमा सुरु भएको युद्धमा युक्रेनमा हालसम्म ८० हजार रुसी मारिएका वा घाइते भएका छन्।