सबै देशमा फुटबल सुचारु भइसक्यो, हाम्रो रंगशालामा चाँही फिल्म र म्युजिक भिडियोको सुटिङ !

 आदरणीय राष्ट्रिय खेलकुद परिषद् तथा सम्माननिय सरकार ज्यूलाई मेरो सानो खुला पत्र, म नेपाली राष्ट्रिय टोली, एन्फा तथा व्यक्तिगत तर्फबाट कप्तान किरण चेम्जोङ सरकारलाई के भन्न चाहान्छु भने फुटबल मात्रै नभई सम्पुर्ण खेलकुदहरु आवश्यक मापदण्ड पूरा गरेर सुचारु गर्न आवश्यक छ ।

 

तपाईहरु किन एकान दुकान गर्दै हुनुहुन्छ ? के खेलाडी सँधै मर्म मै पर्ने हो ? हामी मर्ने अवस्था आएको हो भने भने तपाईंहरु जिम्मेवार निकायमा बसेको के अर्थ भयो र ? खेलाडीहरु सँधै काठमाडौँको धुलोमा तपाईहरु चाँही चिल्लो गाडीमा !

 

खेलकुद मन्त्रालय र खेलकुद परिषद्का माननिय ज्यु र नेपाल सरकार, सायद तपाईहरुले देशको नाम खेलकुद र खेलाडीले चिनाउने गरेको भन्ने कुरा बिर्सनुभयो होला । यतिका महिनासम्म खेलाडी कुन अवस्थामा छ भनेर तपाईहरुले चासो गर्नुभएन । फुटबलमा भविष्य खोज्ने भाई बहिनीहरुलाई यस अवस्थाले कस्तो असर परेको होला भन्ने कुरा खुलस्त देख्न सकिन्छ । 

 

सम्पूर्ण देशले फुटबललाई सुचारु गरिसकेको भए पनि हाम्रो देशमा खेलकुदको विषयमा बोलिदिने कोही पनि मान्छे भएनन् । खेलाडीका लागि मात्र होइन खेलकुद लागि पनि बोलिदिने मान्छे भएनन् । सबै देशमा फुटबल सुचारु भइसक्दा हाम्रो देशमा भने खेलको लागि दुःखत समयमा बनाइएको रंगशाला फिल्मको सुटिङ तथा म्युजिक भिडियो सुटिङको लागि खुल्ला भएको छ । फुटबल खेल्न चाँही किन नहुने ? फुटबलले देशका लागि त्यति ठूलो असर पार्छ र ! 

 

म अबका दिनमा सम्पुर्ण खेलमैदान खेलका लागि सुचारु गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । आखिर कहिलेसम्म नेपाली फुटबलको लोकदोहोरी फेसबुकमा हेरेर बस्ने ? हामीले नेपाली फुटबलको विकासका लागि कसैले केही गरिरहेको देखेका छैनौं । फुटबल खेलाडीले खेल्न बिर्सिसके । सरकार ! फुटबल राजनीति जस्तो होइन । बोलेर फुटबल खेल्ने गरिदैन । यो चिल्लो गाडीमा बसेर गफ लगाए जस्तो सजिलो हुँदैन । खेलाडीले २ खुट्टा चलाएर घर परिवार हेर्नुपर्ने हुन्छ । ७ महिना देखि बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कसले दिन्छ ? जुन खेलाडीले खेलेर नै जीविका चलाइरहेको थियो उ त आजभोलि खेलमैदान छोडेर विदेश पो जाँदै छ । यो त लाजमर्दो कुरा होइन र ! 

 

जय देश ! जय देश !! जय नेपाली फूटबल !!!

 

(नेपाली राष्ट्रिय फुटबल टिमका पोख्त गोलकिपर किरण चेमजोङले सामाजिक संजाल फेसबुकमा लेखेको खुल्लापत्रको सम्पादित अंश)

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु

  • 5 hours ago
ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको  मृत्यु

कैलाली । कैलालीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको आज मृत्यु भएको छ । धनगढीमा निर्माणाधीन मोहना –अत्तरिया छ लेन सडक अन्र्तगत चटकपुरमा ना। ३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट धनगढी उपमहानगरपालिका– ३ सङ

नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह

  • 5 hours ago
नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ ।

भैंसीले हानेर एक जना महिलाको मृत्यु

  • 5 hours ago
भैंसीले हानेर एक जना महिलाको मृत्यु

दाङ । दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको आज मृत्यु भएको हो ।



पर्यटन

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।