सिड्नीमा पाँचौ चङ्गा महोत्सव सम्पन्न
- आइतबार, २८ असोज, २०७५
- 4 years ago
- कला र मनोरञ्जन
- अष्ट्रेलिया

सिड्नी । गुठी अष्ट्रेलियाको आयोजनामा सिड्नीमा पाँचौ चङ्गा महोत्सव सम्पन्न भएको छ । शनिवार अक्टोबर १३ तारिखका दिन सिड्नीको दक्षिण बेसाइड काउन्सिलमा रहेको रकेल बाइसेन्टिनियल पार्कमा भब्य काईट फेष्टिभल सम्पन्न भएको हो ।
यो चङ्गा महोत्सवमा चंगा उडानका साथै नेपालको मौलिक संस्कृति झल्कने लाखे नाच, इद्र जात्रको रथ, पुलुकिसी नाच, कुमारी यात्रा लगाएत खानाका र ब्यवसायिक स्टलहरु समेत रहेको आयोजक संस्था गुठी अष्ट्रेलियाका अध्यक्ष शिव श्रेष्ठले नेपालीपत्रलाई बताए ।
कार्यक्रम मध्यान्न १२ बजे देखि राति ९ बजे सम्म चलेको थियो । चङ्गा महोत्सवको औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पाले नेपाली समाज पनि बहुसास्कृतिक र हार्मोनियस भएको बताइन । यस्ता कार्यक्रमहरुले अस्ट्रेलियामा नेपाली संस्कृति प्रद्धर्न गर्न निकै महत्वपूर्ण हुने राजदुत शेर्पाको भनाई रहेको थियो ।
कार्यक्रमका बिशेष अतिथी रकडेल क्षेत्रका संसद स्टिभ क्याम्परले नेपाली समुदाय निकै मेहनेति, सीपयुक्त र इमान्दार भएको बताउदै समुदायको सहयोगका गर्न आफु सधै तत्पर रहेको बताए ।
बेसाइड काउन्सिलका मेयर बिल सारभिनोस्कीले काउन्सिलमा नेपाली समुदायको संख्या उल्लेख्य रुपमा बृद्धी भएको बताए । प्रत्येक हप्ता रकडेल र आसपा नेपाली समुदायको नयाँ ब्यवसाय खुल्ने गरेको मेयर बिलको भनाई रहेको थियो । उनले चाँडैनै बे साइड काउन्सिल र नेपालको कुनै नगरपालिका बीच भगिनी संम्बन्ध स्थापना गर्ने बारे घोषणा हुने बताए ।
गुठी अस्ट्रेलियाका अध्यक्ष शिव श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्य प्रायोजक ओली एण्ड एसोसिएटका निर्देशक अन्जना ओलीले नेपाल प्रद्धर्न गर्ने यस्तो कार्यक्रममा सहकार्य गर्न पाएकोमा खुशी ब्यक्त गरिन ।
कार्यक्रमको मुख्य आकर्षण गायक दिपक बज्राचार्य र उनको ब्याण्ड रिदमको प्रस्तुती रहेको थियो । यो कार्यक्रममा सहभागिहुन गायक बज्राचार्य चार जना ब्याण्ड मेम्बर सहित सिड्नी आएका थिए । उनको पछिल्लो गित मन मगन निकै चर्चामा छ ।
गुठीका अध्यक्ष श्रेष्ठले कार्यक्रम गर्नुको मुल उद्देश्य अस्ट्रेलियामा रहेका हाम्रा नया“ पुस्तालाई हाम्रो आफ्नो पर्व र च¨ा उडाउने परम्परा स“ग अवगत गराउनु रहेको बताए । उक्त कार्यक्रममा नेपालीहरु मत्र नभई स्थानिय समुदायको पनि बाक्लो सहभागिता रहेको थियो ।

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ
- 36 minutes ago

गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ ।
सत्ता गठबन्धनभित्रको समस्या छिटै समाधान हुन्छः प्रधानमन्त्री
- 41 minutes ago

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवादको समाधान हुने बताएका छन् । शनिबार माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि सञ्चारकर्मीको प्रश्नको
जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे
- 1 hour ago

एजेन्सी । जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका छन् । तीन वर्षमा पहिलोपटक बिरामीको सङ्ख्या महामारीको चेतावनीस्तरमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।