केएल राहुल–आथियाको विवाह आज

Global IME
Norvic Hospital

एजेन्सी । बलिउड अभिनेत्री आथिया शेट्टीले क्रिकेटर केएल राहुलसँग आज अर्थात २३ जनवरीमा विवाह गर्दैछिन् । दुवै विगत ३ वर्षदेखि एकअर्कालाई डेट गर्दै आएका छन् र केही महिनादेखि डेटिङ र छुट्टीका कारण चर्चामा छन् । 

 

विवाह समारोह खण्डालामा हुने भएको छ, जसमा बलिउड र भारतका ठूला व्यक्तित्वहरुको सहभागिता रहनेछ । विवाहअघि दुवै विगत तीन वर्षदेखि एकअर्कासँग सम्बन्धमा थिए । दुबैले आफ्नो सम्बन्धलाई गोप्य राख्न सक्दो प्रयास गरे तर उनीहरुको निकटता कसैबाट लुक्न सकेन । 

 

एउटै लोकेशनबाट दुबैको तस्बिर बाहिरिन थाल्यो, दुबै छुट्टी मनाउन सँगै देखिन थाले । यसअघि उनीहरुको प्रेम सम्बन्धको हल्ला मात्रै आएको थियो तर जब केएल राहुलले बीसीसीआईको दस्तावेजमा पार्टनरको सट्टा आथिया शेट्टीको नाम लेखेपछि उनीहरुको सम्बन्ध पुष्टि भएको थियो । 

 

केएल राहुल र आथिया शेट्टीको पहिलो भेट एक साझा साथी मार्फत भएको थियो । कुराकानी सुरु भयो र दुबै साथी बने । सँगै समय बिताउने क्रममा दुवै एकअर्काको प्रेममा परे र दुवैले गोप्य सम्बन्धमा प्रवेश गरे । 

 

दुबै सधैं चर्चामा रहन्छन् तर यसका बाबजुद पनि दुबैले आफ्नो सम्बन्धलाई गोप्य राख्न सक्दो प्रयास गरेका थिए । रिलेसनसिपमा रहे पनि करिब डेढ वर्षसम्म दुबै एकअर्कासँग कहिल्यै देखिएनन्, न त उनीहरुले सँगै तस्बिर पोष्ट गरेका थिए ।

 

यद्यपि, क्रिकेटर र अभिनेत्रीको यो पहिलो जोडी भने होइन । क्रिकेट र बलिउडबिचको सम्बन्ध सन् १९६८ को हो जब त्यसबेलाकी शीर्ष अभिनेत्री शर्मिला टैगोरले टीम इन्डिया क्रिकेट टिमका कप्तान मन्सूर अली खान पटौदीसँग विवाह गरेकी थिइन् । दुई फरक ठूला क्षेत्रको शर्मिला–मन्सुरको जोडीलाई मन पराइयो र सफल पनि भयो । 

 

यसपछि रीना राई, संगीता बिजलानी, गीता बसरा, अनुष्का शर्माजस्ता धेरै अभिनेत्रीहरुले क्रिकेटरहरुसँग घर बसाए । यस्तै, अमृता सिंह, सुस्मिता सेन, दीपिका पादुकोण जस्ता धेरै अभिनेत्रीहरु थिए जसको क्रिकेटरहरुसँग प्रेम सम्बन्ध थियो तर उनीहरुको सम्बन्ध विवाहसम्म पुग्न सकेन । अर्कोतर्फ सारा अली खान, उर्वशी रौतेलाजस्ता नायिकाको नाम पनि भारतीय क्रिकेट टोलीसँग जोडिने क्रम जारी छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

  • 36 minutes ago
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्र

बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु

  • 1 hour ago
बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु

कञ्चनपुर। बाघको आक्रमणबाट कञ्चनपुरको पुनर्वासकी एक महिलाको मृत्यु भएको छ। नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो।

नेकपा ब्युँताउन प्रचण्डलाई माधव नेपालको प्रस्ताव

  • 1 hour ago
नेकपा ब्युँताउन प्रचण्डलाई माधव नेपालको प्रस्ताव

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव राखे



पर्यटन

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।