अन्नानको निधनप्रति विश्वभरबाट शोक व्यक्त
- आइतबार, ३ भदौ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

जेनेभा, स्वीट्जरल्याण्ड । पूर्व महासचिव कोफी अन्नानको शनिबार भएको निधनप्रति विश्वभरबाट दुःख व्यक्त गरिएका शोक सन्देशहरू प्राप्त भएका कोफी अन्नान फाउण्डेसनले शनिबार जानकारी गराएको छ ।
संयुक्त राष्ट्रसङ्घ प्रमुख एन्टोनियो गुटेर्रेसले शनिवार नै एक विज्ञप्ति जारी गरी राष्ट्रसङ्घका पूर्व महासचिव अन्नानप्रति गहिरो दुःख व्यक्त गर्दै अन्नान एक असल परिणामका लागि जीवनभर प्रतिवद्ध रहँदै समानताका लागि निरन्तर काम गरेको स्मरण गरेका छन् ।
गुटेर्रेसले भनेका छन्, “धेरै रूपबाट कोफी अन्नान संयुक्त राष्ट्रसङ्घ थिए ।” उनले राष्ट्रसङ्घलाई नयाँ सहस्राव्दीमा अतुलनीय उचाइमा पुर्याएका थिए ।
“अन्य साथीहरूलाई जस्तै मैले कोफी अन्नानलाई एक असल साथी भन्न पाउँदा मलाई गर्वको महशुस हुन्छ ।” यसैबीच घानाका राष्ट्रपति नाना आकुफो अड्डाले अन्नानको मृत्युले घाना स्तब्ध भएको भन्दै उनको सम्मानमा घाना तथा यसका कुटनीतिक नियोगहरूमा हक हप्ता आधा झण्डा झुकाएर शोक मनाउने बताएको छ ।
अमेरिकामा भएको सेप्टेम्बर ११ को घटनाले विश्व विक्षिप्त बनेका समय राष्ट्रसङ्घको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका अन्नानले विश्वलाई शान्तिका लागि एक सक्षम नेतृत्व प्रदान गरेका राष्ट्रपति नानाले स्मरण गरेका छन् ।
अन्नानले केन्यामा निर्वाचनपछि देखिएको राजनीतिक सङ्कटलाई सन् २००७ मा सफलतासाथ सम्पन्न गरेका थिए । फाउण्डेसनका उप प्रमुख, नर्वेका पूर्व प्रधानमन्त्री तथा विश्व स्वास्थ्य सङ्गठनका पूर्व प्रमुख ग्रो हार्लेम ब्रन्टल्याण्डले अन्नानको मृत्युपछि एक विज्ञप्ति जारी गरी कोफीले विश्वका लाखौँलाख मानिसको जीवन सुधारका लागि काम गरेका थिए । “आज उनको निधनप्रति शोक व्यक्त गर्दै गर्दा हामीले यो सङ्कल्प गर्छौँ कि आगामी दिनमा उनले देखाएको बाटो र मूल्यमान्यताप्रति इमान्दार रूपले काम गर्नेर्छौँ । हाम्रो लागि यही नै उहाँप्रतिको सच्चा सम्मान हुनेछ ।”
उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुख तथा अर्का नर्वेली पूर्व प्रधानमन्त्री जेन्स स्टोलटेनबर्गले पनि अन्नानले कुनै व्यक्ति एकै समयमा ठूलो मानवीय सहयोगी र बलियो नेता बन्नसक्छ भन्ने देखाएर हामीबाट विदा भएको बताए ।
“शनिबार राष्ट्रसङ्घ र विश्वले आफ्नो महान व्यक्तिलाई गुमाएको छ,” स्टोलटेनबर्गले भने । राष्ट्रसङ्घका मानबअधिकार मामिला हेर्ने उच्च नियोगका जेयद राद अल हुसेनले पनि अन्नानको निधनबाट आफु स्तब्ध भएको बताएका छन् । उनले थपे, “कोफी मानवीयता, इमान्दारिता र दयाका उत्कृष्ट उदाहरण हुनुहुन्थ्यो । विश्व उनको निधनबाट विश्वलाई अपुरणीय क्षति पुगेको छ ।” उनी हजारौँको साथी र लाखौँको नेता थिए ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि शनिबार नै पूर्व राष्ट्रसंघ प्रमुख अन्नानको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रसंघ प्रमुख गुटेर्रेसलाई एक शोक सन्देश पठाएका छन् । पुटिनले सन्देशमा लेखेका छन् । “मैले यस घडीमा अन्नानकोे विवेक र शाहस र एकदम जटील अवस्थामा पनि सहज निर्णय दिनसक्ने क्षमताको प्रशंसा गर्न चाहन्छु ।” उनलाई रूसी नागरिकहरूले सधैँ स्मरण गरिरहनेछन् ।
बेलायती प्रधानमन्त्री टरिजा मेले अन्नान एक विशिष्ठ विश्वनेता तथा राष्ट्रसङ्घका सुधारक रहेको भन्दै अन्नानको स्मरण गर्नुभएको छ । त्यस्तै पूर्व प्रधानमन्त्री टोनी ब्लेयले अन्नान आफ्नो ‘एउटा असल’ साथी भएको बताएका छन् ।
हामीले उनको शान्त र प्रतिवद्ध सोचलाई कहिल्यै बिर्सिने छैनौ । नत उनको सङ्घर्षशील भावनालाई हामीले बिर्सन सक्नेछौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत अन्नानको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह
- 4 minutes ago

एजेन्सी । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बुधबार प्रहरी र सेनाका अधिकारीहरूलाई एल निनो सुक्खा मौसम नजिकिँदै गरेकाले सम्भावित डेडेलोको प्रोकलाई रोक्न तयार रहन आग्रह गरेका छन् ।
चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको छ: मन्त्री भण्डारी
- 15 minutes ago

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आजका राष्ट्रिय अभिभारा तथा राष्ट्रिय चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको बताएका छन् ।
एकीकृत सरकारी कर्मचारी सङ्गठनको अधिवेशन हुने
- 29 minutes ago

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी सङ्गठनको आगामी फागुन २६ र २७ गते काठमाडौँमा प्रथम राष्ट्रिय अधिवेशन हुने भएको छ ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।