विश्व नेता कोफी अनानको विगत

Global IME
Mega Bank
Norvic Hospital

बिबिसी । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव तथा नोबल पुरस्कार विजेता कोफी आननको निधनपछि उनीप्रति विश्वभरका नेताहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

 

आननको शनिबार ८० वर्षको उमेरमा स्वीस सहर बर्नस्थित अस्पतालमा निधन भएको थियो।

 

उनी थुप्रै वर्षदेखि जिनिभामा बस्दै आएका थिए।

 

राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले आननलाई राम्रो विश्वका लागि एकजना मार्गदर्शक भनी सम्झिएका छन् भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई उल्लेखनीय व्यक्ति भनी व्याख्या गरेका छन्।

 

 

अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाले आननले सधैँ राम्रो विश्व बनाउन चाहेको बताएका छन्।

 

घानाका नागरिक आननले राष्ट्रसंघको प्रमुखको रुपमा सन् १९९७ देखि २००६ सम्म काम गरेका थिए र उक्त पदमा पुग्ने उनी एकमात्रै अश्वेत अफ्रिकी हुन्।

 

त्यसयता उनले सिरियाका लागि राष्ट्रसंघीय विशेषदूतको भूमिका निर्वाह गरेका थिए र द्वन्द्व समाधानका लागि नेतृत्वदायी प्रयासहरूसमेत गरेका थिए।

 

कोफी आनन फाउण्डेसनले केही समयको बिमारीपछि शनिबार शान्तिपूर्वक उनको निधन भएको जनाएको छ।

 

फाउण्डेसनले एउटा विज्ञप्ति निकाल्दै उनी निस्पक्ष र शान्तिपूर्ण विश्वका लागि जीवनभर प्रतिबद्ध रहेको जनाएको छ।

 

उनलाई मानव अधिकारको क्षेत्रमा काम गरेको भन्दै नोबल शान्ति पुरस्कार समेत दिइएको थियो।

 

इरानको हमलालाई लिएर आननसँग विमती राखेका ब्रिटेनका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले उनलाई सच्चा राजनेता र असल मित्र रहेको बताएका छन्।

 

राष्ट्रसंघका अहिलेका प्रमुख गुटेरसले आफ्ना पूर्ववर्तीलाई श्रद्धाञ्जली दिनेमा नेतृत्व गर्दै कोफी आनन भनेकै धेरै अर्थमा राष्ट्रसंघ रहेको बताएका छन्।

 

आननले कसैसँग तुलनै नहुने गरी गरिमा बढाएको र दृढ संकल्प राखेको पनि गुटेरसले बताएका छन्।

 

रुसी राष्ट्रपतिले पनि रुसीहरूको दिलमा आननको सम्झना सदैव बाँच्ने बताएका छन्।

 

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वले एक महान् अफ्रिकी कुटनीतिज्ञ र मानवअधिकारवादी मात्रै नगुमाएर अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका एक विवेकीलाई पनि गुमाएको बताएका छन्।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

  • 4 hours ago
एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अहिले एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन्। शनिबार र आइतबार बसेको केन्द्रीय पदाधिकारीहरूको अनौपचारिक बै

ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

  • 4 hours ago
ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

काठमाडौँ। ललितपुरको ग्वार्को चोकमा आउँदो शुक्रवारदेखि फ्लाइओभर (आकाशे पुल) निर्माणको काम सुरु हुने भएको छ। बढ्दो जामलाई मध्यनजर गरेर ग्वार्कोमा फ्लाइओभर निर्माण हुन लागेको हो।

पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

  • 4 hours ago
पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहारीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन्।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।