कोरिया–जापान व्यापार संकट, दुबै देशबीच आरोप–प्रत्यारोप
- शुक्रबार, १७ साउन, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

सियोल । दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले जापानले आफ्नो मुलुकलाई दिइआएको मित्र व्यापारिक साझेदारीको दर्जा हटाउने जापान सरकारको निर्णयप्रति शुक्रबार भत्र्सना गरेका छन् ।
उनले जापान सरकारको कदम निकै असंवेदनीय रहेको बताउँदै कोरियाले जापानी कदमको प्रतिवाद गर्ने स्पष्ट गरे ।
मन्त्रिपरिषदको बैठकमा सम्बोधन गर्दै राष्ट्रपति मूनले भने, “टोकियोको कदम स्वार्थप्रेरित, ध्वंसात्मक कार्य रहेकाले त्यसले विश्वकै आपूर्ति प्रणालीलाई कमजोर बनाउनेछ, र यसबाट विश्व अर्थव्यवस्थामा त्रासको वातावरण सिर्जना हुनेछ ।”
राष्ट्रपति मूनले व्यापारका क्षेत्रमा उत्पन्न बढ्दो तनाव र संकटको अवस्था अन्त्य गर्न जापानले जतिसक्दो चाँडो आफ्ना निर्णय सच्याउन पनि आग्रह गरे । उनले जापान र कोरियाबीचको व्यापारका क्षेत्रमा उत्पन्न तनाव सुल्झाउन वार्तामार्फत् सहमति गर्नुपर्नेमा जोड दिए ।
जापान र दक्षिण कोरिया दुबै लोकतान्त्रिक र अमेरिकी गठबन्धनका मुलुक रहेपनि दुबैबीच पारम्परिक शत्रुता र भूगोलका विषयलाई लिएर द्वन्द्व छ ।
कोरियाली राष्ट्रपति मूनले जापानसँगको व्यापारमा जापानका सरोकारलाई ध्यान दिन आफूहरु तयार रहेको बताएका छन् । गत वर्ष कोरियाले जापानसँग करिब ८५ अर्ब अमेरिकी डलर बराबरको व्यापार गरेको थियो ।
जापान सरकारले शुक्रबार दक्षिण कोरियालाई दिएआएको विशिष्ट निर्यातक मुलुकको दर्जा हटाउने निर्णय गरेको थियो । जापानले कोरियासँग पुरानो शत्रुताका आधारमा नभई पछिल्लो कदम राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय मात्र रहेको स्पष्ट गरेको छ ।
अमेरिकाले दुबै मुलुकलाई शान्त रहन आग्रह गरेपनि यही विषयलाई लिएर विवाद चुलिएको छ ।
जापानको पछिल्लो कदम कार्यान्वयनमा आएमा आगामी अगष्ट २८ देखि संवेदनशील वस्तुको सूचीका सयौं वस्तुको निर्यातमा कडाई गरिनेछ । विज्ञहरुले जापानको यो कदम अर्थतन्त्र भन्दा अन्य कारणबाट बढी संवेदनशील रहेको बताएका छन् ।
नोमुरा सेक्युरिटीजका वरिष्ट अर्थशास्त्री हाजिमे योशिमोतोले जापानको यस कदमबाट दक्षिण कोरियाली अर्थतन्त्रमा सीमित असर पार्ने बताए । जापानी अर्थ मन्त्रालयका अनुसार धेरैजसो प्रमुख जापानी निर्यातकहरुले पहिल्यैदेखि विशेष अनुमति लिइसकेका छन् ।
जापानले गत महिना दक्षिण कोरिया निकासी हुने मुख्यरुपमा तीन किसिमका सामानको निर्यातमा कडाई गर्न थालेको थियो । यी सामानहरुमा दक्षिण कोरियाली चिप तथा स्मार्टफोन उद्योगसँग सम्बन्धित रहेका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सन्दीपमाथिको निलम्बन फुकुवा गलत – गगन थापा
- 3 hours ago

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ(क्यान)को निर्णयलाई गलत बताएका छन् ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै
- 3 hours ago

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट
- 4 hours ago

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरे
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।