Techie IT
२०८२ वैशाख ३०, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकोशी प्रदेश सरकार गठनका लागि राप्रपाले तटस्थ भुमिका निर्वाह गर्छः राजेन्द्र लिङ्देन

कोशी प्रदेश सरकार गठनका लागि राप्रपाले तटस्थ भुमिका निर्वाह गर्छः राजेन्द्र लिङ्देन


मोरङ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूलाई कोशी प्रदेश सरकारको सत्ता प्राथमिकताको विषय नभएको बताएका छन्। मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।

प्रदेश सरकार गठनका लागि गरिएको आह्वान समयसीमा सकिँदै गर्दा राप्रपाले आफूलाई कतै प्रस्तुत नगर्ने जनाएका अध्यक्ष लिङ्देनले प्रदेशमा कांग्रेस र एमालेले मिलेर सरकार चलाउन सुझाव दिए।

उनले भने,’अहिले हामीलाई सत्ता प्राथमिकताको विषय छैन। हामीले कांग्रेस र एमालेलाई बहुमत बनाएर सरकार चलाउन सुझाव दिएका छौँ। सो ठूलो बहुमतले भोलिका दिनमा बाधा अड्चन आउन दिनेछैन। विधेयक पारित गर्दापनि सहज हुन्छ।’

सरकार गठनका लागि चलिरहेको छलफल र आह्वानका क्रममा संविधानका विभिन्न धाराबाट निकास खोजि भइरहेको अवस्थामा राप्रपाको सहयोग कुनै दललाई नहुने उनले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मनसुनको पूर्वतयारी तथा प्रतिकार्यका लागि राष्ट्रिय कार्ययोजना निर्माण गरिँदै

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ निर्माण गर्दैछ । मौसम

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो ‘दर्पण छाया’,…

काठमाडौँ । आक्रामक व्यापारसहित प्रदर्शनरत नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ ले दर्शक र श्रोताको मन जितिरहेको

आफनो युद्ध आफैं लड्नुपर्छ

जित तिम्रो हुनसक्छ तिमीले प्रयास गर्नुपर्छ कृष्ण त केवल सारथी बन्छ आफ्नो युद्ध आफै लड्नै पर्छ। ध्यान तिम्रै धनुष बनाउनुपर्छ

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

काठमाडाैँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको

नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

काठमाडौं । विप्रेषण आप्रवाहमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको नौ महिनामा

Techie IT