“उत्तर कोरियाका कर्मचारीहरु तपाईहरु जेसुके गर्नुस् भन्दै एकाएक बाहिरिए”
- शुक्रबार, ८ चैत, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

सोल । दुई कोरियाबीचको सम्बन्ध बढाउन स्थापना भएको सम्पर्क कार्यालयबाट उत्तर कोरियाले आफ्नो सबै कर्मचारी फर्र्काएको दक्षिण कोरियाली अधिकारीहरुले जानकारी दिएका छन् ।
केही हप्ता अगाडि भियतनामको राजधानी हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–अनबीच भएको भेटवार्ता कुनै सम्झौता बिना नै टुङ्गिएपछि समग्र शान्ति प्रक्रिया धरापमा परेको छ ।
गत सेप्टेम्बरमा उत्तर कोरियाली शहर केएसोङमा कोरियाली प्रायःद्वीप मेलमिलाप र सम्पर्कका लागि सो कार्यालय खोलिएको थियो । तर प्योङयाङले सो कार्यालयबाट आफ्ना कुटनीतिज्ञलाई फिर्ता लगेको दक्षिण कोरियाका उप–एकीकरण मन्त्री चुन हाए सुङ्ले बताएका छन् ।
माथिल्लो तहबाट नै यस्तो आदेश आएको आफ्ना कर्मचारीको भनाइ उद्धृत गर्दै मन्त्री चुनले भने, “उत्तर कोरियाका कर्मचारीहरु तपाइँहरु जेसुके गर्नुस् भन्दै एकाएक बाहिरिए ।”
अमेरिकाले प्रतिबन्ध लगाउने अडान लिइरहेको खण्डमा देशको सार्वभौमिकता र सर्वोच्च हित प्रतिरक्षा गर्नका लागि नयाँ बाटो अपानाइने उत्तरी कोरियाली नेता किमले नयाँ वर्षको उपलक्ष्यमा दिनु भएको सम्बोधनमा बताएका थिए ।
मन्त्री चुनले उत्तर कोरियाले सम्पर्क कार्यालयबाट आफ्ना कर्मचारी हटाउने निर्णय निकै दुःखद रहेको पनि बताए । तैपनि हामी सम्पर्क कार्यालयका कर्मचारीलाई तत्कालै फिर्ता बोलाउने छैनौं, उनले भने ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु
- 1 hour ago

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।
चितवनका ५० हजार परिवार बाढीको जोखिममा
- 1 hour ago

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने
- 1 hour ago

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।