‘दुई कोरियाको युद्ध अन्त्यको प्रयास हुदैछ’
- बुधबार, २० आषाढ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

काठमाडौँ । दक्षिण कोरियाली विदेशमन्त्री काङ कुङ ह्वाले सोल छ दशक लामो कोरियाली युद्ध अन्त्यका लागि लागिपरेको बताएका छन् ।
यसै वर्ष कोरिया युद्धको दिगो रुपमै अन्त्य गरिने उनले बताए । उनले यसका लागि दक्षिण कोरिया ‘लचिलो’ बन्नु परेपनि तयार छ भने ।
सोलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै काङले भने, “शान्ति सम्झौताको मध्यस्थता तथा कार्यान्वयन गर्ने आवश्यक प्रक्रियाका लागि उत्तर कोरिया र अमेरिकासँग परामर्श गरेर अघि बढिएको छ, वातावरण निकै सकारात्मक छ ।”
दक्षिण कोरियाली समाचार संस्थाका अनुसार दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनसँगको परामर्श र उत्तर कोरियाली नेतासँगको शिखर बैठकपछि अमेरिकी प्रशासनले पनि १९५०–५३ मा दुई कोरियाबीच भएको युद्धको औपचारिक अन्त्यका लागि सहयोग गर्ने उनले बताए ।
उनले भने, “हुनत दुवै कोरियाले औपचारिकरुपमा युद्धअन्त्यको घोषणा गरिसकेका छन् तर पनि यो घोषणालाई दिगो बनाउन बाँकी छ र त्यो काम पनि हामी पूरा गर्नेछौँ ।”
राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यही जुन १२ तारिखमा दिन पहिलो पटक सिङ्गापुरमा शिखर वार्ता भएको थियो । सो वार्तापछि उत्तर कोरिया पनि कोरियाली प्रायद्वीपमा दिगो शान्तिका लागि सकारात्मक भएको पाइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सबै तुइन झोलुङ्गे पुलद्वारा विस्थापित
- 8 minutes ago

काठमाडौँ । सरकारले विगतमा तुइन रहेका अधिकांश स्थानमा झोलुङ्गे पुल निर्माण गरेको छ । स्थानीयस्तरमा अरू विभिन्न प्रयोजनका लागि बनाइएका तुइनबाहेक मानिसलाई आवतजावतकै लागि आवश्यक भएर बनाइएका स्थानका तुइन
झापाबाट अवैध सामान बरामद
- 27 minutes ago

झापा। झापाबाट अवैध सामान बरामद भएको छ। झापाको छुट्टाछुट्टै स्थानहरुबाट अवैधरुपमा भन्सार छली चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा रेडिमेड कुर्था सुरुवाल र बिभिन्न प्रकारका किरानाका सामानहरु
व्यक्तिगत स्वास्थ्य तथ्याङ्कसहित सेवाको तयारी गर्दै काठमाडौँ महानगरपालिका
- 38 minutes ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले नागरिकहरुको स्वास्थ्य अवस्था विवरण अद्यावधिक गर्ने तयारी गरेको छ। रोग, उपचार र औषधि सेवान सम्बन्धी व्यक्तिको अवस्था सर्वेक्षणबाट काम थालिनेछ। सहरमा नसर्ने तर
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।