पारिवारिक पुनर्मिलनका लागि उत्तर कोरिया प्रस्थान

Global IME
Mega Bank
Norvic Hospital

सिओल । सन् १९५०–५३ को कोरियाली युद्धबाट छुट्टिएका परिवारजनसँग भेटघाट गर्न सोमबार ८९ जना दक्षिण कोरियालीहरु उत्तर कोरिया प्रस्थान गरेका छन् । 

 

दक्षिण र उत्तर कोरियाबीच साताव्यापी पारिवारिक पुनर्मिलन यही सोमबारदेखि सुरु भएको हो । सन् २०१५ अक्टोबरयता यस्तो पुनर्मिलन कार्यक्रम हुन सकेको थिएन । 

 

उत्तर कोरियाको पूर्वी तटमा रहेको माउन्ट कुमगाङ रिसोर्टमा यो भेटघाटको व्यवस्था मिलाइएको छ । दक्षिण कोरियाको उत्तरपूर्वी तटीय सहर सोक्चोबाट सोमबार बिहानै झण्डै ३० वटा बस कुमगाङतर्फ प्रस्थान गरेका छन् । यी बसमा बुढाबुढी सहित उनीहरुका सहयोगी गरी ३०० भन्दा बढी सहभागी छन् । 

 

केही अशक्त व्यक्तिहरु ह्वीलचेयरमा छन् वा अरु आफन्तको सहयोगमा त्यहाँ गएका छन् । आफ्ना उत्तर कोरियामा रहेका आफन्तलाई दिन उपहार पनि उनीहरुले साथमा लगेका छन् । 

 

उत्तर कोरिया प्रस्थान गर्नुअघि उनीहरु उत्साहित मुद्रामा बसमा चढेका थिए । “राति ९ बजे सुतेको म आज बिहान ३ बजे नै ब्युझिएँ,” एकजना ७० वर्षीय वयोवृद्ध शिन जोङ–हो ले भने । “मलाई कुनै किसिमको स्वास्थ्य समस्या छैन । सायद त्यहाँ पुग्दासम्म मलाई केही हुने छैन, र सहज रुपमा फर्कनेछु ।” 

 

सोमबारको पुनर्मिलन कार्यक्रम स्थानीय समयअनुसार अपराह्न ३ बजेका लागि तोकिएको छ । उत्तर कोरियाली सरकारका तर्फबाट खानाको आयोजना गरिएको छ । 

 

दोस्रो दिन, उनीहरुले आफ्ना परिवारजनसँग दोस्रो पटक भेट गर्न पाउनेछन् र सँगै खाना खानेछन् । तीन दिन रहँदा उनीहरुले आफ्ना परिवारजनसँग छ पटक भेट्न पाउँछन् र यो करिब ११ घण्टाको अवधि हुनेछ । उनीहरु बुधबार फर्कनेछन् । 

 

दक्षिण कोरियालीहरु लगभग ७० र ८० वर्ष उमेरका छन् र एकजना सबैभन्दा बढी उमेर १०१ वर्षका छन् । 

धेरैजसो व्यक्तिहरु वृद्धवृद्धा रहेकाले बाबुआमा, छोराछोरीबीचको पुनर्मिलन भने त्यति सम्भव देखिन्न । 

 

सरकारले वृद्धवृद्धाको हेरचाह र कुनै जरुरी परेको अवस्थामा उपचार गर्नेगरी करिब ३० जनाको चिकित्सा टोली समेत सँगै पठाएको छ । 

 

गत अप्रिलमा दुबै कोरियाका नेताहरुबीचको शिखर बैठक पश्चात यस्तो पारिवारिक पुनर्मिलन सम्भव भएको हो । सन् २००० यता उत्तर र दक्षिण कोरियाबीचको प्रत्यक्ष वार्ता सुरु भएयता यो २० औं पुनर्मिलन कार्यक्रम हो । 

 

करिब ५७,००० दक्षिण कोरियालीहरु आफ्ना उत्तर कोरियामा रहेका आफन्तलाई भेट गर्न प्रतिक्षारत छन् । कोरियाली युद्ध सन् १९५३ मै समाप्त भएपनि दुवै कोरिया प्राविधिक रुपमा अद्यापि युद्धकै स्थितिमा रहेका छन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

समानुपातिक मतगणनातर्फ एमालेको २७ लाख ८८ हजार मत

  • 2 minutes ago
समानुपातिक मतगणनातर्फ एमालेको २७ लाख ८८ हजार मत

काठमाडौँ । मङ्सिर ४ गते भएको निर्वाचनमा समानुपातिकतर्फ एक करोड चार लाख २० हजार १२५ मतगणना हुँदा नेकपा एमालेले २७ लाख ८८ हजार मत कटाएको छ ।

सन् २०२२ मा यी बलिउड फिल्महरू असफल साबित भए

  • 18 minutes ago
सन् २०२२ मा यी बलिउड फिल्महरू असफल साबित भए

एजेन्सी । सन् २०२२ लाई बिदाइ गर्ने समय आएको छ । बलिउडको हिसाबले २०२२ संघर्षपूर्ण वर्ष रह्यो । जहाँ दिग्गज स्टारका फिल्मले समेत बक्स अफिसमा निकै नराम्रो घाटा सहनु पर्यो । कमजोर कथा, पुरानै ढाँचा, कमजोर

लुम्बिनीको प्रदेश राजधानी तत्काल नसार्न एमालेको माग

  • 1 hour ago
लुम्बिनीको प्रदेश राजधानी तत्काल नसार्न एमालेको माग

बुटवल । नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलबाट सार्ने निर्णय तत्काल रोक्न माग गरेको छ ।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।