अचानक उत्तर कोरियाकाे सैनिक नेतृत्व फेरबदल, रक्षामन्त्री र सैनिक प्रमुख हटाइए

Norvic Hospital

सोल । अमेरिकासँगको वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले सैनिक नेतृत्वमा व्यापक मात्रामा फेरबदल गरेको समाचार सोमबार सार्वजनिक भएको छ । 

 

अमेरिकासँग यही जुन १२ तारिखमा अर्थात् हप्ता दिनपछि वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले यसरी सैनिक नेतृत्वमा गरेको व्यापक फेर बदललाई निकै चासोपूर्ण रुपमा लिइएको छ । 

 

यस चासोका कारण दक्षिण कोरिया पनि चनाखो बनेको बताएको छ । उसले वार्ताकै मुखमा आएर भएको यस फेरबदलको प्रभाव के हुन सक्ला भन्ने बारेमा पनि व्यापक मात्रामा परामर्श गरिरहेको छ । 

 

उत्तर कोरियामा सेना शक्तिशाली हुन्छ । यहाँको सेनाको प्रमुख संरक्षक सर्वोच्च नेता हुने र उहाँको विश्वासपात्र सैनिक प्रमुखमा नियुक्त हुने प्रचलन रही आएको छ । 

 

उत्तर कोरियाली नेता किम जोङ उनले देशका तीनजना उच्चपदस्थ सैन्य अधिकारीलाई केही दिनयता नै पदबाट हटाएर उनीहरुभन्दा तल्लो वरियताका अधिकारीलाई नियुक्त गरेको बताइएको छ । 

 

पदबाट हटाइएका प्रमुख अधिकारीमा रक्षामन्त्री पाक यङ सिक नै रहेका छन् । साथै उत्तर कोरियाको सेनाको चिफ अफ जनरल स्टाफ पनि हटाउनेमा परेका छन् । 

 

त्यसैगरी सेनाको राजनीतिक ब्युरोका प्रमुख पनि यसरी हटाउनेमा परेको खुलेको छ । सैन्य अधिकारीहरूलाई हटाइएको बारेको यो समाचार भने दक्षिण कोरियाली समाचार समिति योनहापले दिएको छ । 

 

त्यसैगरी जापानी सञ्चारमाध्यमहरुमा पनि यो समाचार आएको र नाम खुलाउन नचाहेका एकजना अमेरिकी रक्षा अधिकारीले पनि त्यसको पुष्टि गरेको बताइएको छ । 

 

अहिले ल्याइएका सेनाका अधिकारीहरु उत्तर कोरियाली नेता किमका नजिकका सहयोगीका साथै मध्यमार्गी रहेका बताइन्छ । 

 

तर उनीहरुलाई कहिले र किन हटाइएको हो भन्ने बारेमा भने कुनै पनि समाचार समितिहरुले स्पष्ट रुपमा समाचार सार्वजनिक गर्न सकिरहेका छैनन् । 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निशस्त्रीकरणसम्बन्धी वार्ताको तयारीमा रहेका किमलाई अमेरिकासँग वार्ता गर्न नहुने भन्ने आवाज पनि सेना भित्रैबाट उठेको समाचार यस अघि नै आएको थियो । 

 

सो वार्तामा किमलाई आफ्नो सेनाभित्रबाट त्यसको विरोध हुन सक्ने त्रास रहेको दक्षिण कोरियाली एक उच्च स्रोतले बतायो । 

 

उत्तर कोरियालीहरूले अमेरिकालाई साम्राज्यवादी शक्ति र उत्तर कोरियाको ‘जन्मजात शत्रु’ समेत भएको भन्दै प्रस्तावित वार्ताको विपक्षमा आवाज पनि दिएका थिए । 

 

तर पछिल्लो समयमा नेता किम तथा उत्तर कोरियाली सञ्चारमाध्यम पनि आगामी वार्ताका बारेमा र अमेरिकाप्रति पनि केही नरम हुँदै गएको देखिएको छ । सोही बमोजिम नै उत्तर कोरियाले वार्ताको तयारी गरिरहेको बताइएको छ । 

 

उता राष्ट्रपति ट्रम्पले किमसँगको शिखर बैठक सिंगापुरमा जुन १२ मै हुने बताउदै आउनुभएको छ भने उत्तर कोरियाली नेता किमले पनि सो वार्ताको तयारी बडो चाखपूर्ण रुपमा गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा समाचार आएको छ । 

 

यस्तो अवस्थामा सेनाको एक समूहले नै विरोध वा विद्रोह गर्नसक्ने त्रासले नेता किमले सैनिक नेतृत्वमा व्यापक फेरबदल गरेको हुनसक्ने बताइएको छ । 

 

तर यस विषयमा उत्तर कोरियाका तर्फबाट स्पष्ट रुपमा केही भनाई आएको छैन । नत दक्षिण कोरियाले नै के कति कारणले ती सैनिक अधिकारीहरु हटाइएका हुन् भन्ने बारेमा केही भनेको छ । 

 

दक्षिण कोरिया भन्छ– हामी नजिकबाट हेरिरहेका छौँ 

 

उता दक्षिण कोरिया भने यस चासोका कारण चनाखो बनेको बताएको छ । उसले वार्ताकै मुखमा आएर भएको यस फेरबदललाई नजिकबाट हेरेको बताएको छ । 

 

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले भनेको छ– अहिले आएर भएको उत्तर कोरियाभित्रका लागि एक शक्तिशाली सेनाको फेरबदललाई हामीले नजिकबाट हेरेका छौँ । 

 

यसको प्रभाव आगामी वार्तामा के हुन सक्ला भन्ने बारेमा पनि व्यापक मात्रामा परामर्श गरिरहेको दक्षिण कोरियाले जनाएको छ । 

 

दक्षिण कोरियाको एकीकरण मन्त्रालयका प्रवक्ताले भनेका छन्– हामीले यस घटना र यसको प्रभाव तथा कारणलाई नजिकबाट हेरिरहेका छौँ, एक हिसाबले भन्ने हो भने हामीले अनुगमन नै गरेका छौँ । 

 

उनले आसन्न वार्तामा कुनै असर नपरोस् भन्ने नै दक्षिण कोरियाको चासो हो भन्नुभएको छ । 

 

 

दक्षिण कोरिया र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता 

 

यसैबीच सोमबार सोलबाट प्राप्त एक समाचारमा दक्षिण कोरिया र अमेरिकाका विदेश मन्त्रीबीच फोन वार्ता भएको जनाइएको छ । 

 

दक्षिण कोरियाली विदेशमन्त्री काङ ख्योङ्वाले अमेरिकी विदेशमन्त्री माइक पेम्पेओलाई सोमबार बिहान फोन गरेका थिए । 

 

सिंगापुरमा अमेरिका र उत्तर कोरियाबीच हुन लागेको शिखर वार्ताको समय नजिकिँदै आएको बेला उक्त फोनवार्ता भएको बताइएको छ । 

 

दक्षिण कोरियाली विदेशमन्त्री काङ र अमेरिकी विदेशमन्त्री माइक पम्पेओबीच सोमबार बिहान फोनवार्ता भएको र सो वार्तामा उक्त सिंगापुर वार्ताको बारेमा कुराकानी भएको प्राप्त समाचारमा जनाइएको छ । 

 

आइतबार पुनः उक्त वार्ता समयमै हुने भनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी गराएपछि पुनःउनीहरुबीच त्यसका विषयमा विकसित परिस्थितका बारे फोनवार्ता भएको अनुमान गरिएको छ । 

 

यस फोनवार्ताको जानकारी दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जानकारी दिएको दक्षिण कोरियाली सरकारी समाचार समिति योनहापले जानकारी दिएको छ । 

 

अमेरिकी उत्तर कोरियाली उच्च अधिकारी सिंगापुरमा 

 

त्यसैगरी प्राप्त अर्को एक समाचारअनुसार उत्तर कोरियाली र अमेरिकी उच्च अधिकारी सोमबार सिंगापुर पुगेको समाचार छ । 

 

उत्तर कोरियाली रक्षा विभागका एक उच्च अधिकारी र अमेरिकी विदेश मन्त्रालयका एक अधिकारी सिंगापुर पुगेको जापानी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । 

 

अमेरिकी राष्ट्रपतिसँगको वार्ताको तयारीका लागि ती अधिकारीहरु सिंगापुर पुगेका जापानी समाचार संस्था एनएचकेले जनाएको छ । 

 

यसअघि पनि गतहप्तामात्र उनीहरु वार्ताको पूर्व तयारीको लागि भन्दै सिंगापुर पुगेका थिए । यस पटक त्यहाँ पुगेका अधिकारीहरुले आगामी वार्ताका एजेण्डाका बारेमा सामान्य रुपमा पूर्व तयारी गर्ने र त्यस बारेमा आ आफ्ना देशका शीर्ष नेतृत्वलाई जानकारी गराउने अनुमान गरिएको छ । 

 

दुई नेताबीचको शिखर वार्ता अघि ती अधिकारीहरुले संयुक्त रुपमा अग्रिम तयारीको अवस्था हेर्ने भएका प्राप्त समाचारमा जनाइएको छ । 

 

यस शिखर वार्ताको बारेमा सिंगापुरको विदेशमन्त्रालयले समन्वय गरिएको र वार्ताको तयारी पूरा भएको पनि जानकारी दिएको थियो । 

 

यस वार्ताबारे विश्वमा नै निकै ठूलो चासो फैलिएको छ । विश्वका सञ्चारमाध्यमहरुले वार्ताको समाचार संकलनका लागि आ–आफ्ना प्रतिनिधिहरु सिंगापुर पठाउने तयारी गरिरहेका छन् । 

 

कतिपय सञ्चारमाध्यमहरुले वार्ताको तयारीको बारेमा सिंगापुरमै पुगेर ‘रिपोर्टिङ्’ गर्न पनि थालिसकेका छन् । यस वार्ताको चासो कोरियाली क्षेत्र र एसियामा मात्र सीमित नभई विश्वव्यापी रुपमा नै रहेको बताइन्छ । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

  • 6 hours ago
‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँमा विकास निर्माणको कामले छलाङ मारेको जिकिर गरेका छन् । नेकपा (एकीकृत समाजवादी) भानु नगर कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेल

चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

  • 6 hours ago
चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

एजेन्सी । चीनले अफ्रिकालाई कोभिड-१९ महामारी विरुद्ध जुँध्न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्ने चाहेको रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।

ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

  • 6 hours ago
ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

काठमाडौं । च्यासल युथ क्लब र न्यु रोड टिम (एनआरटी) ले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एनआरटीले १–१ गोलको बराबरी



पर्यटन

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

जीवनशैली

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा तुलसीको बोटसँग सम्बन्धित केही अन्य महत्त्वपूर्ण कुराहरू जान्नुहोस्। परापूर्वकालदेखि नै घरमा तुलसीको बोट रोपेर दिनहुँ जल चढाउने चलन छ । तर, कतिपय विशेष दिनहरु यस्ता हुन्छन् जब तुलसीमा जल चढाउनु हुँदैन । कुन दिन तुलसीमा जल चढाउनु हुँदैन भन्ने बारेमा हामी तपाईलाई बताउँछौँ ।

विचित्र विश्व

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।