ब्यारेज भासिने खतरा, सुरक्षित रहन रेड अलर्ट

Global IME
Norvic Hospital

काठमाडौं ।  पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कोसी पुलको बिचमा परेका ठुलठुला खाल्डाको कारण यात्रा सकसपुर्ण बन्न थालेको छ ।

 

खाल्डामा चिप्लिएर गत असार ६ गते हेटौडाबाट विराटनगर जाँदै गरेको स्कार्भेटर बोकेको ट्रक कोसी नदीमा पल्टियो । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भयो भने सात जना घाइते भए ।

 

पुलको बिचमा बनेका खाल्डाको कारण दैनिक साना ठुला दुर्घटना हुने गरेको छन् । पुल समयमा नै मर्मत नभएको कारण यात्रुहरू दुर्घटनाको शिकार हुने गरेका छन् । स्थानीय यात्रु वाहक बस चालक समीर खानकाअनुसार विगत २ वर्षदेखिको यो समस्या अझै समाधान हुन सकेको छैन । त्यसले गर्दा कतिपय अवस्थामा बाइक, कार लगायत साना सवारी साधन ठोक्किने र दुर्घटना हुने गरेको उनी बताउँछन् ।

 

गाडीको गति तीव्र हुने र खाल्डोमा परेर दुर्घटना हुने गरेको उनको भनाई छ । पुलको समय समयमा मर्मत नहुँदा यस्तो समस्या आइपरेको बताउँछन् अर्का सवारी चालक टेकबहादुर बराइली । बिचमा गाडी नै भासिने गरी दुर्घटना हुने गरेको उनको अनुभव छ । नेपालसँगको सम्झौताअनुसार कोशी ब्यारेजको मर्मतदेखि ढोका खोल्ने र बन्द गर्ने काम भारतको जिम्मामा छ । आजको नेपाल समाचारपत्रबाट ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिँदै, संसदीय दलको बैठक आह्वान

  • 13 minutes ago
लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिँदै, संसदीय दलको बैठक आह्वान

लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार दल नेकपा (माओवादी केन्द्र)ले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । उक्त विषयमा निर्णय लिन आज संसदीय दलको बैठक आह्वान गरिएको छ । आज दिउ

चर्चित फुटबलर ओजिलद्वारा सन्यासको घोषणा, भावुक हुँदै के भने ?

  • 37 minutes ago
चर्चित फुटबलर ओजिलद्वारा सन्यासको घोषणा, भावुक हुँदै के भने ?

जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब इस्तानबुल बसाकसेहिरमा आवद्ध थिए ।

मेघ गर्जनसहित वर्षाको सम्भावना

  • 1 hour ago
मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।