यसपटक ओलीलाई बादलले पनि साथ नदिने सम्भावना !

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार बस्ने सचिवालय बैठकको लागि आ–आफ्नै तयारीमा तयारीमा छन् । 

 

गत शुक्रबार बसेको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको कार्यशैली र चिन्तनपद्धतीको आलोचना गरेको लिखित प्रस्ताव पेश गरेपछि नेकपाको विवादले अझै उचाई लिएको छ । ओली समूहका नेताहरुले प्रचण्डको संगिन आरोपसहितको प्रस्ताव फिर्ता हुनुपर्ने यदी नभएको खण्डमा बैठक नबस्ने जानकारी गराइरहेको बेला गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ भने बैठकमा जाने समाचार बाहिर आएको छ ।

 

ओली तथा उनका दूतहरुसँगको भेटमा पनि बादलले यस पटक ओलीकै कार्यशैलीको कारण पार्टीमा विवाद आएको कारणले गर्दा ओली सच्चिनुपर्ने सुझाव दिएको बताएका छन् । साथै उनले प्रस्ताव दर्ता भएकोले बैठकबाट भागेर भन्दा पनि समाना गरेर अघि बढ्न ओलीलाई सुझाव दिएको बुझिएको छ । पूर्वमाओवादी नेता भए पनि सत्तामा रहेको कारण बादलले ओलीलाई यसअघि पटक–पटक साथ दिएका थिए । तर, यसपटक ओली तथा उनी पक्षका नेता बैठकमा सहभागी नभए पनि उनी भने बैठकमा उपस्थित हुने बताइएको छ । यसबीचमा ओलीले बैठक पर धकेल्नको लागि बिभिन्न प्रयास गरेका छन् । मंगलबार बिहानमात्रै महासचिव विष्णु पौडेललाई खुमलटार पठाएर प्रचण्डसँग बैठकको मिति सार्न प्रस्ताव गरेका थिए । सचिवालयको सामना गर्ने भन्दा पनि प्रचण्डसँग सहमति गरेर अघि बढ्न सके सत्ता र अध्यक्ष पद जोगाउनसक्ने उनको विश्वास रहेको बताइन्छ ।

 

वरिष्ठ नेताद्वय माधवकुमार नेपाल तथा झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको साथ पाएका प्रचण्ड जसरी भए पनि बैठक बसाउने र निर्णय गर्ने पक्षमा पुगेका छन् । यस पटक बादलले पनि साथ दिनेमा विश्वस्त रहेको प्रचण्ड निकट स्रोतले बताएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पूर्व राजाको समर्थनमा पोखरामा मोटरसाइकल र्‍याली

  • 2 hours ago
पूर्व राजाको समर्थनमा पोखरामा मोटरसाइकल र्‍याली

पोखरा । पूर्व राजाको समर्थनमा पोखरामा मोटरसाइकल र्‍याली निकालिएको छ । राजसंस्था पुनर्वहालीको माग गर्दै बुधबार विशाल मोटरसाइकल र्‍यालीको आयोजना गरेका हुन् । र्‍यालीमा ठूलो संख्यामा मानिसहरु सहभा

बारा उद्योग वाणिज्य सङ्घमा साह सर्वसहमत चयन

  • 2 hours ago
बारा उद्योग वाणिज्य सङ्घमा साह सर्वसहमत चयन

कलैया । बारा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजकुमार साह सर्वसहमत चयन भएका छन् । कलैयामा पत्रकार सम्मेलन गरी निर्वाचन व्यवस्थापक एवं कार्यक्रम अधिकृत अमितकुमार मिश्रले साहलाई अध्यक्ष घोषणा गरिएको जान

पाँचथरको फालोटमा बिओपी स्थापना

  • 2 hours ago
पाँचथरको फालोटमा बिओपी स्थापना

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका—४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । सो बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकका नेतृत्वमा १९ सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यसकारण बिहानै खालीपेटमा मनतातो पानी पिउने

यसकारण बिहानै खालीपेटमा मनतातो पानी पिउने

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ ।