प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्ने

  • शुक्रबार, २ असोज, २०७७
  • 1 month ago
  • नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा सम्बोधन गर्ने भएका छन् । न्युयोर्कमा आजदेखि शुरु भएको महासभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

 

यो वर्षको महासभाको छलफलको विषय ‘हामीले खोजेको भविष्य र हाम्रो अपेक्षाको संयुक्त राष्ट्रसङ्घः प्रभावकारी बहुपक्षीय क्रियाशीलताको माध्यमबाट कोभिड–१९ सामना, बहुपक्षीयताप्रति हाम्रो सामूहिक प्रतिबद्धताको पुनर्पुष्टि’ रहेको छ ।

 

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने उच्चस्तरीय बैठकलाई आगामी सोमबार सम्बोधन गर्नेछन् भने शनिबार ‘२०२० दिगो विकास लक्ष्यका क्षण’ बैठक र यही असोज १४ गते हुने जैविक विविधता सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

 

यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आणविक अस्त्रहरुको पूर्ण उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजना हुने उच्चस्तरीय बैठकलाई यही असोज १६ गते तथा अल्पविकसित राष्ट्र र भूपरिवेष्टित विकासोन्मुख राष्ट्रहरुको मन्त्रिस्तरीय बैठकलाई पनि अप्रत्यक्षरुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

 

परम्परागतरुपमा संयुक्त राष्ट्रसङ्घको महासभाकै समयमा हुँदै आएको दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मन्त्रिपरिषद्को बैठक अप्रत्यक्षरुपमा नेपालले यही असोज ८ गते आयोजना गर्दैछ ।

 

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा मन्त्री ज्ञवाली र नेपाल सरकारका वरिष्ठ अधिकारी काठमाडौँबाट सहभागी हुनेछन् भने अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त नियोगका अधिकारी अनुकूलताअनुसार प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा महासभामा सहभागी हुनेछन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

के भन्छन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ?

  • 32 minutes ago
के भन्छन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ?

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको आर्थिक बृद्धिका लागि सवै क्षेत्रमा परिवर्तन आवश्यक भएकोमा जोड दिएका छन् ।

वुल्भ्सले लिड्स युनाइटेडलाई हरायो

  • 36 minutes ago
वुल्भ्सले लिड्स युनाइटेडलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत वुल्भ्सले लिड्स युनाइटेडलाई पराजित गरेको छ ।

नाइजेरियाली आन्दोलनमा कम्तीमा १५ व्यक्तिको मृत्यु

  • 47 minutes ago
नाइजेरियाली आन्दोलनमा कम्तीमा १५ व्यक्तिको मृत्यु

एजेन्सी । प्रहरीको निर्मम दमनको विरोधमा नाइजेरियामा अक्टोबरमा कम्तीमा १५ जनाको मृत्यु भएको एम्नेष्टी इन्टरनेशनलले एएफपीलाई बताएको छ ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।